gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

कार्यकर्ता र समर्थकहरुको सेल्फी क्रेज, बिजयी उम्मेदवारहरुसँगको सेल्फी यस्तो देखियो (फोटोहरु)

सन्जु काउछा
मङ्सिर २४ । प्रतिनिधी सभा तथा प्रदेश सभामा गुल्मीको नतिजा सार्वजनिक भएको छ । गुल्मीबाट पहिलो जित निर्वाचन क्षेत्र नं २ प्रदेश सभा “क” बाट बाम गठबन्दनका उम्मेदवार नेकपा एमालेका खड्ग के.सीले निकलेका हुन् । उनले आफ्न प्रतिद्वन्दी नेपाली कांग्रेसका सालीक पन्थीलाई हराउँदै जित निकालेका हुन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ प्रदेश सभा “ख” बाट बाम गठबन्दनकै उम्मेदवार माओवादी केन्द्रका दिनेश पन्थीले आफ्न प्रतिद्वन्दी नेपाली कांग्रेसका छन्द पहराईलाई हराउँदै आफ्नो जित सुरक्षित गरेका थिए ।

उता निर्वाचन क्षेत्र नं १ प्रदेश सभा “क”बाट माओवादी केन्द्रकै सुदर्शन बराल बिजयी भएका छन् । उनी पनि गठबन्दनबाट उम्मेदवार थिए । निर्वाचन क्षेत्र नं १ प्रदेश सभा “ख”मा नेकपा एमालेका कमल श्रेष्ठ बिजयी भएका छन् । यद्यपी यसको अधिकारिक घोषणा हुन भने बाँकी छ । पुर्व सांसद समेत रहेका श्रेष्ठले नेपाली कांग्रेसका धनेन्द्र कार्कीलाई हराउँदै जित आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

त्यस्तै प्रतिनिधी सभा सदस्यमा भने गुल्मी क्षेत्र नं २ को मात्र मतगणना सम्पन्न भएको छ जसमा बामगठबन्दनका तर्फबाट उम्मेदवार नेकपा एमालेका गोकर्ण बिष्ट बिजयी भएका छन् । पुर्व उर्जामन्त्री समेत रहेका बिष्टले आफ्नी निकटतम प्रतिद्वन्दी चन्द्र के.सीलाई १४ हजार मतको फराकिलो अन्तरले हराएका छन् ।

क्षेत्र नं १ को भने मतगणना जारी छ । पछील्लो मतपरिणाम अनुसार नेकपा एमालेका प्रदीप ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछाडी परेका छ्न् ।

बिजयी नेताहरुसँग सेल्फी खिच्नेहेरुको घुँईचो सदरमुकामको मतगणनास्थल वरपर दिनभरी जसो र राती अबेर पनि देखिन्थ्यो । हेरौँ केही तस्बिरहरु:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D