gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

कारोनाको कहरमा कुखुरा, टर्की र हाँस पाल्दै गुल्मीका दुई शिक्षक

मनोज कार्की
गुल्मी, भदौ २१ । मान्छेका आ–आफ्नै इच्छा आंकाक्षा हुन्छन् । कतिका बिदेश गएर टन्न धन कमाउने त कतिलाई सरकारी जागिर खाएर भविष्य सुरक्षित गर्ने चाहना हुन्छ । तर गुल्मी रेसुङ्गाका दुई शिक्षकका लागि सब थोक भएको छ, कुखुरा पालन ।

यति बेला बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संसारकै अर्थतन्त्र सिथिल भएको छ । चैत्र देखि नेपालमा पनि लकडाउन भयो । यो लकडाउनको समयमा कतिलाई कसरी दिन कटाउने, छाक टार्ने समस्याले सताईरहेको छ । तर पछिल्लो समय गुल्मीका दुई शिक्षकलाई न लकडाउन न छाक टार्ने समस्याले नै छोएको छ । उनीहरुलाई पछिल्लो समय केहि चिन्ता छैन । गुल्मीमा निजि बिद्यालयका दुई शिक्षकले लकडाउनको समयमा कुखुरा तथा ट्रर्की पालेर उदाहरणीय काम गरेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं १ आर्दश बोर्डिङ स्कुलका प्रिन्सिपल भगत सिंह खड्का र प्रबन्ध निर्देशक राजु कुवँरले मिलेर कृषि ब्याबसाय सुरु गरेका छन् । लकडाउनले पठनपाठन बन्द भई शिक्षक कामविहिन भएपछि लकडाउनको खाली समय सदुपयोग गर्नेका लागि आफुहरुले कुखुरा र टर्की पाल्न सुरु गरेको संचालक राजु कुवँरले बताए ।

उनीहरुले रेसुङ्गा नगरपालिका –१ आर्दशचोकमा रहेको स्मार्ट च्वाईस कोचिङ सेन्टरको भवनमा कुखुरा र ट्रर्की पालन सुरु गरेको कुवँर बताउँछन् । कोचिङ पढाई हुने भवन २ बर्षदेखि बन्द रहेको थियो । त्यहि भवनमा यही वैशाखदेखि उनिहरुले कुखुरा र ट्रर्की सुरु गरेका हुन् । फार्ममा २ जना स्थानियलाई जागिर पनि दिएका छन् । उनीहरुकोे पोल्ट्री फार्ममा कडक नाथ, घाटीँ खुईले जुरेली कुखुरा, लामो घाँटी भएको कुखुरा, खुट्टामा रौँ भएको कुखुरा, जाप्नीज कुखुरा, लोकल कुखुरा साथै उन्नत जातका नौ प्रजातिका कुखुरा र टर्की पालिरहेको संचालक भगत सिंह खड्काले जानाकारी दिए ।
करिब तीन महिनामा १० किलो भन्दा बढि ट्रर्की बनाउने सक्ने उनीहरुले बताउँछन् । उनीहरुको पोल्ट्री फार्ममा ३ महिनामा ७ किलो सम्म बनाइरहेका छन् । पछिल्लो समयमा उनीहरुका फार्ममा रहेका कुखुरा, हाँस र ट्रर्कीको बजार माग भईरहेको संचालकले बताए।

उनीहरुको पोल्ट्री फार्ममा ८ सय कुखुरा, ५० वटा टर्की, ४० वटा लौकाट र ७० वटा हाँस छन् ।

फार्ममा दुई जना स्थानीयले रोजगारी पनि पाएका छन् । आगामी दिनमा फार्मलाई थप विस्तार गरि अन्य व्यक्तिलाई पनि रोगारी दिने तयारी साथ लागि परेका छन् । उनीहरुले फार्मलाई ब्याबस्थित गरि लकडाउन लगत्तै स्माट च्वाइस एगा्रे टेक नामक फार्म दर्ता गर्ने तयारी रहेको खड्काको भनाई छ ।
उनीहरुले संचालन गरेको फार्म बैधानिक रुपमा दर्ता गरि वडामा आबश्यक कागजात पुरा गरेमा वडाले सहयो गर्न सक्ने रेसुङ्गा नगरपालिका वडा नं १ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताए । वडा अध्यक्ष पाण्डे भन्छन् “उहाँहरुले गरेका काम समाजमा उदाहरणीय छ । उहाँले संचालन गरेको पोल्ट्री फार्ममा हामी पनि गएर अनुगन गरेका छौँ ।” यसरी कृषि पेसामा चासो राखि पोट्री फार्म संचालन गरेकाहरुलाई प्रोत्साहित गर्ने सकेमा मात्र कृषि प्रधान देशको नाराले सार्थक पाउने वडा अध्यक्ष पाण्डेको दाबी छ ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D