gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कफी विकास केन्द्र गुल्मी आपचौरमा ५ दिने कफि खेती तालिम सम्पन्न

गुल्मी । कफी विकास केन्द्र गुल्मी आपचौर तल्लो फेदी मुसीकोट नगरपालकिा ५ मा अगुवा कृषकलाई पाँच दिने व्यवसायिक प्राङ्गरिक कफि खेती तालिम सम्पन्न भएको छ ।

कफिलाई विश्व बजारमा कसरी पुर्याउने, कृषकलाई कफि खेती लगाउन प्रोत्साहन गर्ने, सहि जातको बिरुवा पहिचान र अर्गया्निक कफी लगाउन प्रोत्सहन गर्ने उदेश्यले तालिमको आयोजना गरेको कफी विकास केन्द्र गुल्मीले जनाएको छ ।

जेष्ठ २३ गतेदेखि २७ गतेसम्म भएको तालिमको पसंशा गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि मुसीकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभएको थियो । नेपाल कृषिप्रधान देश भएकाले देशको समृद्धि र जीवनस्तर उकास्नका लागि कफि खेती व्यवसायिक र आधुनिकीकरणबाट गर्न आग्रह गर्दै नगरपालिका प्रमुख सापकोटाले नगरपालिकाले यस्ता कृषिजन्य खेतीलाई बिशेष जोड दिएको बताउनुभयो ।

कफि विकास केन्द्र गुल्मी आपचौरले आयोजना गरेको तालिममा केन्द्र प्रमुख बरीष्ठ अधिकृत बद्री प्रसाद पौड्याल, कार्यकारी अधिकृत राम प्रसाद यादबले सहजीकरण गर्नुभएको थियो । तालिममा गुल्मी, झापा, इलाम, धनकुटा, डोटि, बागलुङ्ग, दैलेख, नुवाकोट, प्यूठान, लम्जुङ्ग र डडेलधुरा लगायतका जिल्लाका कृषकहरुको सहभागिता रहेको थियो ।

पाँच दिने कफि तालिमले धेरै कुरा सिकेको बताउँदै सहभागि अगुवा कृषक हरि सुबेदीले तालिम प्रदान गरेकोमा कफि विकास बोर्डको प्रशंशा गर्नुभयो । तालिममा सहभागि एभरेष्ट कृषि कन्षल्टटेन्ट एण्ड टे«डिङ् प्रालि र नोरुङ्ग खोला नर्सरी फर्म इलामका प्रतिनिधि टेकनाथ गुरुङ्ग (अर्पण) ले तालिममा सिकेका कुराले कफी खेतीको रुची बढाएको बताउनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D