gulminews logo
शनिबार, २०८१ बैशाख ८

कफीको उद्गमस्थलमा ५० हजार बिरुवा रोपियो

तिलाचन पाण्डे
गुल्मी, साउन ३ । कफीको उद्गमस्थल गुल्मीको मुसिकोटमा करिब ५० हजार बिरुवा रोपण गरिएको नगरपालिकाले जनाएको छ ।
बिसं १९९५ सालमा हीरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो ।

गुल्मीको कफीलाई ब्यबसायीक बनाउनका लागि अभियानकै रुपमा कफीका बिरुवाहरु रोपण गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार वडा नं १ पौदीअमराईमा आठ हजार १२० , वडा नं २ मुसिकोटमा दूई हजार पाँच सय , वडा न ३ बडागाउँमा २१ हजार ८३१ , वडा नं ४मा तीन हजार तीन सय , वडा नं ५ आँपचौरमा १० हजार , वडा नं ७ वामीमा २२० , वडा नं ८ मैदानमा दूई हजार ५०० र वडा नं ९मा ५१० गरी ४८ हजार ९८१ कफीका बिरुवाहरु रोपण गरिएको हो । कफीको उद्गम स्थल गुल्मी भनेर मात्रै नहुने भन्दै अब ब्यबसायीक रुपमा नै कफी खेती गर्ने सापकोटाले दाबी गरे ।

गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । अघिल्लो बर्षको तथ्यांक अनुसार स्याङजामा तीन सय २४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा कफी रोपण गरेको उल्लेख गरिएको छ ।
यस्तै उत्पादनको क्षेत्रमा पनि स्याङजा नै पहिलो स्थानमा रहेको पाइएको छ जहाँ बार्षिक ४६ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै नुवाकोटमा ३८ मेट्रिक टन र गुल्मीमा ३७ मेट्रिक टन उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।

गुल्मीमा मुसिकोट नगरपालिकाको आँपचौर , छत्रकोट , गुल्मी दरवार , धुर्कोट , रुरुक्षेत्रमा गरी १७८ हेक्टर जमिनमा कफी खेती गरिदै आएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D