gulminews logo
बिहीबार, २०८१ बैशाख १३

ओमानका नेपाली महिलाले चितवनका सुकुम्बासीलाई नयाँ घर बनाईदिने

जयराम ज्ञवाली
अाेमान, भाद्र २७ । नयाँ घर बनाईदिने अभियानमा नेपाली महिला समूह ओमानले सहकार्य गर्दै बाढीबाट प्रभावित भएकाे चितवन क्षेत्रका सुकुम्बासी परिवारलाई पुनर्स्थापनाको लागि गायक मिलन लामाले थालनी गरेको अभियान अन्तर्गत एक घर बनाईदिने भएको छ ।

गायक मिलन लामाको सामाजिक अभियान लाई मन पराई नेपाली महिला समूह ओमानले एउटा घर बनाईदिने निर्णय गरेको थियो । समुहले गत २०१७ अगस्ट २५ मा बाढी पीडित परिवारको लागि राहत स्वरूप राजधानी मस्कटमा तिज विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो । समुह भित्र छलफल गरि मिलन लामाको अभियानमा सहयोग गर्नको लागि सहमति भएको ले तीज कार्यक्रम बाट संकलन भएको रकम अनि पहिले समुहको कोषमा जम्मा भएको रकम पीडित परिवारको एउटा घर बनाउनको लागि पठाईएको संस्थाकि अध्यक्ष उमा उमा ढुंगाना ले बताइन् ।

समुहकी अध्यक्ष ढुंगाना काे अनुसार उक्त घर निमार्णको लागि ओमानी रियाल १२०० अर्थात तीन लाख सत्र हजार छ सय अठासी नेपाली रुपैयाँ गत शनिबार सेन्चुरी रेमिट मार्फत नेपाल पठाईसकिएको छ । सामाजिक कार्य गर्न अघि सरेका मिलनको यो अभियान लाई अाेमान मा बस्ने नेपाली महिलाहरुले मन पराई सक्दो सहयोग गरेका छन् । मिलनले निर्माण गर्ने लक्ष्य राखेका ६ वटा घर मध्ये २ वटा घरको निर्माण कार्य सम्पन्न भैसकेकाेे छ भने अन्य निमार्णधिन अवस्थामा रहेको जानकारी गराइएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D