gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

ओझेलका खबर: एकाएक गुल्मी छिरेर अर्घाखाँची वन प्रशासनले किन भत्कायो एक गरीब महिलाको घर??

कार्यक्रम ओझेलका खबरको यो ३२४ औँ अंकको लागि आकस्मिक रुपमा धुर्कोट गाउँपालिकाको नयाँगाउँमा पुगेर स्थलगत रिपोर्ट तैयार पारीएको छ । यहाँ जिल्ला वन कार्यलय अर्घाखाँचीको टोली प्रहरी दलबलका साथ एक गरीब महिला जस्को श्रीमान १८ बर्ष देखी बेपत्ता छन्, जस्को छोराको चट्याङ लागेर मृत्‍यु भयो, उनैको घर गत २०७२ सालको भुकम्पले भत्कायो उनैको घरमा आएर बन्दै गरेको उनको घर भत्काएर गयो ।

एक गरीब अनी साहाराविहिन महिलाको ब्यवस्थित बसोवासको लागि धुर्कोट गाउँपालिकाले स्थानिय बुद्दिजिवी र सिंगो समाजको रोहवारमा दिएको जग्गामा घर बनाउँदै गरेकी ति महिलाको घर बिना सुचना एक्कासी अर्घाखाँचीको वन कार्यालयको टोली आएर भत्काउन थाल्यो । त्यसपछी त्यहाँ रुवावासी चल्यो, स्थानियले घर नभत्काउन अनुनय बिनय गरे तर उनीहरुले केही सुनेनन् । घर भत्काएरै छोडे, गरीबलाई झन गरीब बनाएर छोडे ।

खासमा छिमेकी जिल्ला अर्घाखाँचीको वन प्रशासनले जग्गा अतिक्रमण भएको दावी गरेको छ भने यसलाई गुल्मी तर्फका स्थानियले सिंगो समाज र गाउँपालिको रोहवारमा गरिएको कार्यप्रती वनकार्यालयको दादागिरीको संज्ञा दिएका छन् । हो, यदी यो अतिक्रमणकै रुप भएपनी अतिक्रमण गर्नेलाई कारवाहीको कानुनी प्रकृया हुन्छ । कुनै सुचना टाँस नगरी, अन्य कानुनी प्रकृया पनि पुरा नगरी उल्टै ५० हजार रकम माग गर्दै एकाएक घर भत्काईनु एक निमुखा महिला माथीको अत्याचार र सरकारी निकायबाटै कानुनको पालना नभाएको आरोप समेत स्थानियले लगाएका छन् ।

सुनौँ प्रेम सुनारले नयाँगाउँ स्थित पीडितको घरमै पुगेर तैयार पारेको स्थलगत रिपोर्ट:

यो पनि पढ्नुस्

धेरैलाई थाहा नभएको कुरा, यसरी भयो गुल्मीमा जस्तापाता बितरणमा अनियमितता (ओझेलका खबर)

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

ojhelka khabar

ओझेलका खबर: बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D