gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

एसईईमा समुदायिक बिद्यालयका रिकेश बने चन्द्रकोट गापा प्रथम, यि हुन् गाउँपालिका भित्रका बिद्यालय टपरहरु

सन्जु काउछा
गुल्मी, १३ असार । विहिबार प्रकाशित कक्षा १० को बार्षिक परिक्षा एसइइको नतिजा अनुसार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा सामुदायिक बिद्यालयका एक विद्यार्थीले गाउँपालिका टप गर्न सफल भएका छन् ३.९५ जि.पि.ए. सहित उत्कृष्ट नतिजा ल्याउनेमा चन्द्रकोट गाउँपालिका ८ मजुवा स्थित ज्ञानोदय माद्यमिक बिद्यालयका रिकेश अर्याल रहेका छन् ।

चन्द्रकोट ८ मजुवाकै पोलारिस बोर्डिङ स्कुलबाट प्रिया श्रीस र चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर स्थित चक्रेश्वर ईंग्लिश बोर्डिङ स्कुलबाट सिसन के.सी, सुमिका थापा र मदन थापाले ३.८५ जि.पि.ए. ल्याएका छन् ।

त्यस्तै चन्द्रकोट गाउँपालिका भरबाट सबै भन्दा बढी ३.६ भन्दा माथि जि.पि.ए. सहितको नतिजा ल्याउनेमा चक्रेश्वर ईङ्लिश बोर्डिङ स्कुल रहेको छ । चक्रेश्वरका ११ जनाले ३.६ भन्दा माथिको नतिजा ल्याएका छन् । दोस्रो र तेस्रोमा भने मजुवाका दुई र शान्तिपुरको एक बिद्यालय रहेका छन् । मजुवा स्थित ज्ञानोदय माबिका ५ जना, पोलारिस बोर्डिङका स्कुल र शान्तिपुर स्थित भानु बोर्डिङ स्कुलका ४-४ जना बिद्यार्थीले ३.६ भन्दा माथिको नतिजा ल्याउन सफल भएका छन् ।

प्राविधिक बिषयमा पढाई सन्चालन गरेको चन्द्रकोटको एक मात्र बिद्यालय उदय माबिबाट साधारण तर्फ १ र प्राविधिक तर्फ २ गरी ३ जनाले ३.६ भन्दा माथिको नतिजा ल्याएको बिद्यालयले जनाएको छ । उदय माबीबाट चन्द्रकोट गाउँपालिकाका बिद्यालय मध्य सबै भन्दा धेरै साधारण तर्फ ५१ र प्राविधिक तर्फ १७ गरी ६८ जनाले एसईई परिक्षा दिएका थिए ।

चन्द्रकोट गाउँपालिका भित्रका १२ माबीहरुमा बिद्यालयहरुमा शारदा माद्यामिक बिद्यालय सराङका शंकर गौतमले ३.७५ जि.पि.ए. , उदय माबी शान्तिपुमा प्राविधिक तर्फ मोनिका शर्मा ३.७५ जि.पि.ए.
र साधारण तर्फ सन्तोषी गौतम ३.७ जि.पि.ए., भानु बोर्डिङ स्कुलकी पुर्णिमा गुरुङ ३.७ जि.पि.ए. र शारदा माबी रुपाकोटबाट रामु भण्डारी ३.६५ जि.पि.ए. रहेका छन् ।

त्यस्तै जनता बाल निकेतन पिपल्पाटाबाट ३.५५ जि.पि.ए. सहित मिन बहादुर रजाली, हर्राचौर माबी बाट ३.४ जि.पि.ए.सहित पूजा बिक र सरस्वती मावी बिशुखर्कबाट ३.३ जि.पि.ए. सहित ज्योती बिकले आ-आफ्न बिद्यालय तर्फ उत्कृष्ट नतिजा निकालेका छन् ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D