gulminews logo
शनिबार, २०८१ बैशाख ८

एक महिना सम्म पनि रेसुङ्गा नपाको बजेट पारित भएन

अनिश शर्मा गैरे
गुल्मी । जिल्लाका स्थानीय तहले कतै बजेट ल्याउन सकेका छैनन् भने कतै सार्वजनिक भएको बजेट पारित हुन नसक्दा विकास निर्माण कार्य प्रभावित भएको छ । नगरसभा बहुमत र अल्पमतको नाममा शिकार भएको हो ।

नगरसभामा नगर प्रमुख पक्षीयभन्दा इतरपक्षीय सदस्यको बहुमत छ । गुल्मी रेसुंगा नगरपालिकाको बजेट सार्वजनिक भएको एक महिना हुन लाग्दासम्म पारित नभएपछि समस्या देखिएको हो । बजेट पारित नहुँदा नगरका विकास निर्माण कार्य ठप्प छ ।

साउन मसान्तमा भएको नगरसभाले बजेट सार्वजनिक गरेको भए पनि झण्डै एक महिना हुनलाग्दा समेत बजेट पारित भएको छैन । नगरसभाले चालू आर्थिक वर्षका लागि ३८ करोड ३८ लाख ९२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको थियो । जसमा चालूतर्फ २० करोड ८९ लाख २५ हजार रुपैयाँ र पुँजीगततर्फ १७ करोड ४९ लाख ६७ हजार रुपैयाँ विनियोजन भएको छ ।

नगर कार्यपालिकाको पूर्ण बैठक बस्न नसक्दा बजेट पारित नभएको हो । बजेट सार्वजनिक भएपछि पनि प्रमुखले अधिकार प्रयोगका लागि भन्दै केही रकम छुट्याउन माग गरेपछि बजेट नै विवादित बनेको हो । प्रमुखको प्रस्तावप्रति नगरसभाका सदस्यहरूले विरोध जनाएका छन् ।

नगर प्रमुखले पदीय हैसियतले केही रकम माग गरेको बताए । “विपत आइलाग्छ, कुनै कार्यक्रम आयोजना हुँदा मसँग केही रकम माग्न आएमा मैले केही रकम त दिनुपर्याे नि ।” उनले भने, “त्यसैले यस्ता सहयोगलगायतका विभिन्न कार्यक्रमका लागि केही रकम मागेको हुँ ।”

“नगर प्रमुखसँग केही संघसंस्था सहयोग माग्न आउछन्, अन्य कोही व्यक्ति पनि भैपरी समस्या लिएर आउने गर्छन्, त्यसका लागि नगर प्रमुखले कति आर्थिक अधिकार प्रयोग गर्न सक्ने भनेर बजेट मागेको हुँ,” उनले भने । उनले यसरी रकम माग्नु निजी प्रयोजनका लागि नभई पदीय हैसियतअनुसार विभिन्न सहयोग प्रदानमा खर्च गर्नका लागि मागेको बताए ।

कारोबारसँगको कुराकानीमा उनले भने, “बहुमत छ भन्दैमा यहाँका विपक्षी दलबाट जितेका सदस्यले काम गर्न दिएनन् ।” वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले प्रमुखले भनेजस्तो अन्य सदस्यबाट काममा अवरोध सिर्जना नगरिएको तर बजेट पारितका लागि ढिलासुस्ती भएको बताउँछन् । प्रमुखले माग गरेको बजेटप्रति आफूहरू सकारात्मक भएको बताउँदै विभिन्न समस्याले गर्दा पूर्ण बैठक बस्न नसकेको बताए ।

बजेट पारित नहुँदा नगरपालिकाको आवश्यक खर्चमा समेत समस्या उत्पन्न भएको नगरपालिका स्रोतले जनाएको छ । चाडपर्व नजिकिँदै गरेको समयमा बजेट पारित नभए कर्मचारीले तलब पनि पाउन नसक्ने अवस्था छ । दसंै तिहारजस्ता महत्वपूर्ण चाडपर्व आउँदै गर्दा तलबभत्ता पनि नआउने हो कि भन्ने चिन्तामा रहेको कर्मचारी बताउँछन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D