gulminews logo
शनिबार, २०८१ बैशाख ८

एक ट्रक बोका निर्यात गर्दै सत्यवती गाउँपालिका, मासु र दुधमा आत्मनिर्भर

प्रेम सुनार
गुल्मी, फागुन १२ । स्थानिय तहको निर्वाचन सम्म मासु र दुधमा परनिर्भर रहेको गुल्मीको सत्यवती गाउँपालिका अहिले आत्मानिर्भर बनेको छ । वडा नम्वर २ र ४ मा २० वटा अष्ट्रेलियन मुलको वयर बोका वितरण गर्दै गाउँपालिका प्रमुख पारिश्वर ढकालले मासु र दुधमा सत्यवती गाउँपालिका आत्मानिर्भर भई सकेको बताए ।

किसानका लागि उन्नत विउविजन कार्यक्रम (केयुविके) मार्फत वितरण गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख ढकालले आत्मनिर्भर भई गाउँपालिका बाहिर दुध दैनिक सय लिटर निर्यात हुन थालेको प्रति सन्तोष ब्यक्त गरे ।

मासु समेत निर्यात हुने तयारीमा रहेको बताउँदै उनले केहि दिन पछि एक ट्रक बोका समेत निर्यात गर्न गई रहेको जानकारी दिए । वडा नम्वर ३ ठुलोलुम्पेकका सय घरधुरी किसान आत्मानिर्भर बन्ने गरी सो गाउँपालिकाले ब्यवासायिक तरकारी खेती सुरु गरेको छ ।

त्यहाँका किसानहरुले डेढ बर्ष अघि सम्म तरकारीको बजार नपाउँदा कुहेर खेर गएकोले गाउँपालिकाले ११ लाख अनुदान दिई गाडी खरिद गरि दिए पछि अहिले त्यहाँको तरकारी बुटवल सम्म पुराएर बेच्न थालेका छन् । रुद्रवेणीमा तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याए पछि किसानहरु थप प्रोत्साहित भएको स्थानिय सञ्चारकर्मी खगिश्वरा कालाले बताईन् ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D