एउटा मोटरसाईकलको नम्बर प्लेट: अगाडी ध.१.प ५२९७, पछाडी लु.६.प ७२३६

प्रेम सुनार
बुटवल । बाग्लुङ्गमा प्रहरीले सावारी साधन एक नम्वर प्लेट दुई भएको फेला पारेको छ । गल्कोट नगरपालिका हटियामा एउटै मोटरसाईकलमा दुई ओटा नम्बर प्लेट भेटिएको छ ।

ट्राफिक शाखा कार्यालय गल्कोटका प्रमुख पुर्ण बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार गल्कोटमा मोटरसाईकलको पछाडि लु ६ प ७२३६ र अगाडि ध१प ५२९७ नम्बरको प्लेट राखिएको पल्सर मोटरसाईकल (बाईक) भेटिएको छ । आईतबार हटियामा चेकिङ गर्दै गर्दा उक्त बाईक समातिएको हो ।

मोटरसाईकल धनीको नाम भने खुलेको छैन । हिजो मोटरसाईकल छोडेर गएपछि लिन नआएकाले नाम थाहा नभएको श्रेष्ठको भनाई छ ।

अगाडीबाट हेर्दा ध १ प ५२९७ र पछाडीबाट हेर्दा लु ६ प ७२३६ देखिने गरी मोटर साइकलमा नम्बर प्लेट राख्नु पर्ने कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । यस प्रकार एउटा मोटर साईकलमा दुई प्रकारको नम्बर प्लेट राख्नु कुनै अपराधिक प्रयोजनको लागी हुन सक्ने अनुमान स्थानीयवासीको अनुमान छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D