gulminews logo
शुक्रबार, २०८० चैत्र १६

एउटा “फेक” फोटो जुन गुल्मीको पहिरोको भन्दै “भाईरल” बनिरह्यो, झुक्किए ठुला मिडिया पनि

सन्जु काउछा
साउन ०७ । आज बिहानै अचानक एउटा खबर आयो गुल्मीमा भीषण पहिरो, केहीको ज्यान गयो, केही बेपत्ता अनी घाईते पनि भन्ने । जिल्लाको सत्यवती गाउँपालिका वार्ड नं ३ र ४ गरी दुई छुट्टाछुट्टै स्थानमा पहिरो गएको खबर पुष्टी भयो । सोमबार दिनभर र राती परेको पानीको भल र पहिरोले बाटो बिगार्दा पत्रकार र जिल्लाबाट गएका उद्वारकर्मीलाई घटनास्थल पुग्न झन्डै १२ घण्टा नै कुर्नु पर्‍यो ।

२ छुट्टाछुट्टै घटनाबाट ११ जनाको ज्यान गयो भने वडा नम्बर ३ को सिङ्दीका ५५ घरधुरीलाई बिस्थापित नै बनायो । पररास्ट्रमन्त्री प्रदिप ज्ञवाली र प्रदेश ५ का सामाजिक सुरक्षा मन्त्री राहत सामाग्री, चिकित्सक र औषधी लिएर घटनास्थल पुगे ।

घटनाको समाचार आए लगत्तै मेरो ध्यान भने तिनै समाचार सँगसँगै जोडीएर आएको एउटा फोटोमा जोडीयो । फोटोमा हिलो माटोको लेतो सहित भत्किएका घर गोठका काठ दाउरा बिच च्यापिएका मान्छेहरुको उद्दार गर्दै गर्दाको थियो । त्यहाँ पृष्‍ठभुमीमा नेपालका जस्तै घर र मान्छेहरु पनि नेपाली जस्ता होँचा कद र गहुँहोरो बर्णका देखिन्छन् । केही उद्वार्कर्मीहरु पुर्वमाओबादी छापामारहरुको जस्तो सैनिक पोशाकमा पनि देखिएका छन् । थुप्रै अन्लाईन र केही ठुला मिडियाहरुले पनि उक्त फोटो गुल्मीमै गएको पहिरोमा उद्दार गर्दै गर्दाको भन्दै प्रकाशित गरे । त्यही फोटो सोसल मिडियामा पनि एकदमै भाईरल बन्यो । तर “फ्याक्ट चेक” गर्दा त्यो फोटो गुल्मीको घटनाको नभएको फेला पर्‍यो ।

आखिर कहाँको फोटो हो त्यो?
मंगलबार गुल्मीको घटनाको भन्दै हजारौँ पटक सोसल मिडियामा र नेपाली समाचार पोर्टलहरुमा बाँडिएको फोटो २ बर्ष पहिले दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भएको भीषण पहिरोको फोटो रहेछ । (हेर्नुस् समाचार) सन् २०१७ को अप्रिल २ मा कोलम्बियामा २५४ जनाको ज्यान जाने गरी गएको भीषण पहिरोमा उद्दार गर्दै गर्दाको फोटो रहेछ त्यो । त्यो घटनामा २०० जना घाईते भएको अस्ट्रेलियन समाचार एजेन्सीले जनाएको छ । अन्तरराष्ट्रिय समाचार सँस्था एपीले सार्वजनिक गरेको उक्त फोटो नेपालमा नाम चलेका मिडिया तथा ब्याक्तिहरुले गुल्मीको घटना भन्दै बाँडिरहे । फोटो आफैमा सक्कली भएपनी गुल्मीको पहिरो सँग जोडिएको समाचारमा “फेक” सावित भएको छ ।

कता कता देखियो यो फोटो?
कहाँबाट कस्ले बाँड्न शुरु गर्‍यो त्यो त पत्ता लागेन तर फोटो नेपालको राष्ट्रिय दैनिक कान्तिपुर, राजधानीका अन्लाईन पोर्टलमा प्रकाशित भयो । त्यस्तै धेरै भिजिट हुने मध्यका लोकान्तर डट कम, दैनिकी डट कम, जनता टाईम्स डट कम, रेडियो एनआरएन, ईसमता अन्लाईन, ईखबर नेपाल, गुल्मी टि.भी लगायत थुप्रै अन्लाईनहरुमा पनि फोटो प्रकाशित भयो । कुनै पनि साईटमा फोटो कोलम्बियाको वा विम्बात्मक रुपमा प्रयोग गरिएको बताईएको छैन ।

आजकल च्याउ जस्तै उम्रेका अन्लाईनहरुले यता उतीबाट तानतुन पारेर समाचार बनाउने चलन त पुरानै भईसक्यो तर नाम चलेका, अर्बौ लगानी भएका भनिएका राष्ट्रिय स्तरका ठुला मिडियाहरुले पनि प्राप्त सामाग्रीहरुको पुष्टी नगरी प्रकाशित गर्नुलाई के भन्ने ?

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D