gulminews logo
मंगलवार, २०८१ बैशाख ११

उद्यमी बन्ने होडमा गुल्मीका गाउँले महिलाहरु, घर छेउँमै सीप

टोपलाल अर्याल
गुल्मी, ९ जेठ । घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको सहयोगमा ग्रामीण उद्यमशिलता विकास केन्द्र बाग्लुङ्गले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरिरहेको छ । जिल्लाको मदाने, इस्मा, मालिका, चन्द्रकोट, कालीगण्डकी, मुसिकोट र रेसुंगा नगरपालिकामा बुटिक, चुरा, बाँसका सामग्री, च्याउ खेति, नर्सरी, सिलाइ–कटाई लगायतका तालिम संचालन गरिएको ग्रामीण उद्यमशिलता विकास केन्द्र बाग्लुङ्गको शाखा कार्यालय गुल्मीको कार्यक्रम संयोजक भगवती श्रीसले बताइन् ।

घरको कामसंगै सीप
मदाने गाउँपालिका १ अग्लुङ्गकी कृष्ण चन्दलाई अचेल दैनिक हतारो बढेको छ । बिहान ५ बजे नउठे घरको काम सकिदैन । घाँस पात र खाना खुवाएर नौ बजेनै छोरा–छोरीहरु बिद्यालय पठाएपछि १० बजे तालिममा आउँछिन् । ४ बजेपछि फेरी घरकै चटारो । अहिले अग्लुङ्गका धेरै दिदिबहिनीहरुलाई बुटिक तालिमले भ्याइनभ्याई बनाएको छ ।

तालिम संचालन भएको अहिले दुई साता भए । शुरुमा मेसो आएन् । धागो र टाँका तानेर लक गर्न मुस्किल प¥यो । तीन÷चार दिनपछि काममा हात बसे । अहिले सुट सकेर सलमा बुट्टा भर्न थालेको चन्द बताउँछिन् । ‘१० नबज्दै सिक्न आउने दिदिबहिनीहरुको तँछाड र मछाड छ,’ उनले भनिन, ‘तीजमा आफैले बुट्टा भरेका साडी र बुलाउज लगाउने रहर पलाएको छ ।’ सीप सिकिने र पैसाको समेत बचत हुने भएकाले चन्द जस्तै थुप्रै महिलाहरुले बुटिक सिकिरहेका छन् ।

इस्मा गाउँपालिका २ हस्तिचौर टारकी गीता घिमिरेले मुडा बुन्न थालेको डेढ महिना भए । पहिले घिमिरेलाई एउटा मुडा बनाउन एक महिना लाग्यो । अहिले एक हप्ता पनि लाग्दैन । घरको फुर्सद मिलाएर तालिममा आउँछिन् । सोहि स्थानकी हुमा कुवंरले पनि मुडा बुन्छिन् । उनले पहिले पनि १५ दिने सिलाइ–कटाई तालिम लिएकी थिइन् । तर कम समय भएकाले कुनै उपयोय भएन् । अहिले उनलाई उद्यमीनै बन्ने जाँगर पलाएको छ । हस्तिचौर टारका ३० जना महिलाले तीन महिने बाँसका सामग्री बनाउने तालिम लिइरहेका छन् ।

लगावले मात्रै अर्थोपार्जन
फुर्सदको कामले पनि महिनामा धेरै कमाउन सकिने बुटिक तालिमकी प्रशिक्षक मुना केसीले बताइन् । ‘काममा लगाव भए सिक्न मुस्किल छैन,’उनले भनिन,‘घरमै गरेको कामले पनि परिवार मज्जाले पाल्न सकिन्छ ।’ १७÷१८ बर्षदेखि बाँसको काम गरिरहेका सिन्धुलीका प्रशिक्षक तेज बहादुर भुजेलले तालिमलाई व्यावहारमा उतारे राम्रो आम्दानी हुने बताए । तालिमपछि दुई दिनमै मुडा तथा ढकिया र अरु सामग्री बनाउन सकिने भएकाले घरमै उद्यम सृजना गरेर जिविकोपार्जन गर्न कुनै समस्या नहुने भुजेलको भनाई छ । गाउँमा महिलाहरुको समय व्यावस्थापननै चुनौतिको बिषय भएको सहजकर्ता सरिता केसीले बताइन् । ‘घरको सवै काम महिलाहरुको काँधमा भएकाले फुर्सद कम हुन्छ,’उनले भनिन,‘जेनतेन आए पनि फर्कनै हतार हुन्छ ।’

लघु उद्यम मार्फत स्वरोजगार
गरिवीको रेखामुनी रहेका महिलाहरुलाई स्थानीय स्रोत र साधनमा आधारित लघु उद्यमी सृजना गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको ग्रामीण उद्यमशिलता विकास केन्द्र बाग्लुङ्गका प्रमुख दिपक सुवेदीले बताए । उनले संस्थाले स्थानीय तहमा अभिमुखीकरण, लक्षितवर्ग पहिचान, उद्यमशिलता विकास, व्यावसाय सचेतना र लैंगिक सचेतना सम्बन्धि तालिम भइसकेकोे बताए । लक्षित वर्गको माग, बजार र स्थानीय स्रोत साधनको आधारमा एक हप्तादेखि तीन महिनासम्मका तालिम संचालन गरिएको सुवेदीले बताए ।

गुणस्तरिय सामग्री नहुँदा समस्या
घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका बरिष्ठ उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहालले जिल्लाका १२ वटै स्थानीय तहमा घरेलु उद्योग प्रर्वद्धन र लघु उद्यम विकास कार्यक्रम संचालन भएको जानकारी दिन । उनले स्वरोजगार सृजना गर्न कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको बताए । गुणस्तरिय सामग्री उत्पादन गर्न नसकेका कारण बजार नपाउने र त्यसपछि कतिपय उद्यमीले निराश भएर व्यावसाय छाड्ने गरेको दाहालको भनाई छ । त्यस्तै गैरसरकारी संस्था महासंघका अध्यक्ष बिष्णु भण्डारीले तालिम मार्फत सीप सिकेकाहरु कम मात्रै व्यावसायमा जोडिएको बताए । उनले स्थानीय तह विकास निर्माणमै बजेट खर्च गर्न आकर्षित नभएर उद्यम मार्फत आयआर्जन सृजना गर्ने काममा लाग्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D