gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

उत्पादन बृद्धि गर्न गुल्मीका बिभिन्न स्थानमा “बाली ब्लक”

रमेश विश्वकर्मा
गुल्मी, २५ असार । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा बृद्धि गर्न जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै बालीको ब्लक स्थापना गरेको छ । ज्ञान केन्द्र गुल्मीले कोदो ब्लक ईस्मा, आलु ब्लक अर्खाबाङ्ग, तरकारी ब्लक ठुलोलुम्पेक र रेसुङ्गा नगपालिका, उखु ब्लक दिगाम, मानकोट र रुरु क्षेत्रमा ब्लक स्थापना गरेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार कृषिमा कृषकहरुलाई प्रोत्साहन गर्न, उत्पादनमा बृद्धि गर्न, उत्पादित कृषि सामग्रीलाई व्यवस्थित रुपमा बजारीकरण गर्न र सहजीकरणको लागि विभिन्न स्थानमा ब्लक स्थापना गरिएको हो । ब्लक स्थापनापछि विभिन्न स्थानमा विगतमा भन्दा उत्पादनमा बृद्धि भैरहेको र कृषकहरु आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीको फोकल पर्सन शिव बन्जाडेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र गुल्मीले स्थापना गरेका ब्लक मध्ये ईस्मा गाउँपालिकामा रहेको ईस्मा कोदो ब्लक सञ्चालक समितिले बिहिबार सार्वजनिक सुनुवाई तथा लेखापरिक्षण गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा स्वीकृत कार्यक्रमहरु मध्ये जिल्लाको एकमात्रै कोदो ब्लक क्षेत्र ईस्मामा समितिको लेखापरिक्षण गरिएको समितिका सचिव शेरबहादुर कुँवरले जानकारी दिए ।

सार्वजनिक सुनुवाई तथा लेखा परिक्षण कार्यक्रममा चालु तथा पुँजीगत तर्फको खर्च र समितिले गरिरहेको कामको बारेमा जानकारी गराईएको थियो । समितिले कोदो उत्पादन, प्रबद्र्धन, बजारीकरण र व्यवस्थित गर्न सहजीकरण गर्ने गरेको ईस्मा कोदो ब्लक सञ्चालक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले कोरोनाको त्राससँगै कृषकहरुलाई फौजी किरा र सलह किराले प्रकोप बढिरहेको हुँदा आउँदा दिनहरुमा खाद्य संकटबाट बँच्न कोदो संकलन तथा कोदोलाई अझ व्यवस्थित गर्नुपर्ने बताए । कृषकहरुले उत्पादन गरेका कृषि सामग्रीलाई सहि मूल्य दिन, कृषकलाई प्रोत्साहित गर्न र बाली ब्लकसँग सहकार्य गर्न आफुहरु सधै लागी परेको उनको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रममा उपस्थित ईस्मा गाउँपालिका वडा नं. १, २ र ३ का वडा अध्यक्षहरुले ईस्मा कोदो ब्लक सञ्चालक समितिलाई सुझाव दिएका थिए । वडा अध्यक्ष चुराबहादुर खत्रीले यस कार्यक्रमलाई ईस्मामा व्यापक रुपमा विस्तार गर्नुपर्ने बताए । अध्यक्ष टिकाबहादुर रेश्मीले कृषकलाई प्रोत्साहित गर्दै ठुला शहरमा हुने कोदोको मागलाई पुर्ति गर्न सकेमात्र यो कार्यक्रम सफल हुने बताए । अध्यक्ष तोयनाथ सापकोटाले कोदोलाई व्यवस्थित बजारीकरण गरि ईस्मालाई कोदोको पहिचान बनाउने हो भने कार्यक्रमको सार्थकता हुने बताए ।

ईस्मा कोदो ब्लक सञ्चालक समितिले कृषकहरुको लागि समय समयमा कृषि औजारहरु ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेको छ । यस समितिमा ४० भन्दा बढि सहकारी समूह आबद्ध रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D