Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
ईस्माको कोदोलाई बजारीकरणको समस्या - Gulminews

ईस्माको कोदोलाई बजारीकरणको समस्या

सन्तोष महतारा
गुल्मी,१८ फागुन । गुल्मीको इस्मा गाउँपालिकाले सुरु गरेको कोदोलाई प्रर्बद्धन गरी रैथाने वालीको रुपमा संरक्षण गर्ने कार्यलाई बजारीकरणको समस्या देखिएको छ । कृषकहरुलाई सहि मुल्य दिन, प्रोत्साहन होस् र कृषक आत्मनिर्भर होउन् भन्ने हेतुले सुरु गरिएको कोदो प्रर्बद्धन कार्यमा बजारीकरणको समस्या देखिएको कोदो बजारीकरण समिति संयोजक तथा इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । सुरुमा केही व्यवसायीहरुले कोदो खरिद गर्ने भनेर मौखिक निर्णय गरेपनी अहिले तिनि व्यवसायीहरु सम्पर्कविहिन भएकोले कोदोको बजारीकरणमा समस्या देखिएको हो ।

गाउँपालिका भित्रका दुई सहकारी संस्थाले कोदो प्रबद्र्धनमा सहयोग पुराएका छन् । कोदो खरिद र बिक्री गर्ने जिम्मा सहकारी संस्थालाई दिएको इस्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रको इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेड र भविष्य निर्माण साना कृषक सहकारी संस्था लिमिटेडले कोदो प्रर्बद्धनमा सहयोग पुराएका हुन् । इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकी ब्यवस्थापक तुल्सा भण्डारीले सहकारीले अहिलेसम्म ८० क्विन्टल भन्दा बढी कोदो कृषकबाट खरिद भइसकेको छ । अहिलेसम्म सहकारीको तिन लाख ३० हजार लगानीमा उक्त कोदो खरिद गरेपनी सहकारीले अहिलेसम्म एक किलो कोदो पनि बेच्न तथा निर्यात गर्न नसकेको ब्यवस्थापक भण्डारीको भनाई छ । कृषकबाट प्रतिकिलो ५० रुपैँयाका दरले आयात गरेको सहकारीले ५१ रुपैयाँ भन्दा बढी जति मुल्यमा पनि कोदो निर्यात गर्न सक्छ ।

दुवै सहकारीले थोरै पनि कोदो निर्यात गर्न नससकेका बेला गाउँपालिका उपप्रमुख खत्रीले सहकारीलाई कुनै चिन्ता नलिन आग्राह गरेकी छिन् । कृषकहरुलाई खुसी गराउनु जनप्रतिनिधिको दायित्व भएको भन्दै उनले सहकारीलाई एक रुपैयाँ पनि घाटा पर्न नदिने बताएकी छिन् । कोदो प्रर्बद्धन गर्ने इस्मा गाउँपालिकाको योजना निरन्तरता र पूरा गरेरै छाड्ने उपप्रमुख खत्रीको दाबी छ । कोदो इस्मा गाउँपालिकाको मुख्य वाली भएको , गाउँपालिकाभित्र खेती गरिने जमिन मध्ये करिब ७० प्रतिशत भन्दा बढीमा कोदो खेती गरिने भएकोले गाउँपालिकाले कोदो प्रबद्र्धन गर्न सुरु गरेको हो । गाउँपालिकामा मकै खेती पनि असाध्यै राम्रो हुने भएकोले अर्को बर्षदेखी मकैलाई पनि प्रर्बद्धन गरिने बताइएको छ ।

सुरुसुरुमा भएकोले वजारीकरणको समस्या देखिएपनि कोदोलाई वजारीकरणको समस्या हुन नदिने इस्मा गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D