gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मदानेको नीति तथा कार्यक्रम र बजेट पारित

हुमाकान्त पोखरेल
गुल्मी, १० असार । मदाने गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट एकैदिन पारित गरेको छ । बिहीबार गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले नीति तथा कार्यक्रम र उपाध्यक्ष सरिता खड्काले बजेट पेश गरिन् । गाउँसभाका पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पास भएको गाउँपालिकाका सूचना अधिकारी ऋषी पोखरेलले जानकारी दिए । मदानेको नीति तथा कार्यक्रममा विकासका अन्तरसम्बन्धित बिषयहरुलाई प्राथमिकतामा राखेको पोखरेलले बताए ।

गाउँपालिकाले ‘आर्थिक समृद्धि र रोजगारीको प्रमुख आधारः कृषिको व्यवसायीकरण कृषि तथा पशुको आधुनिकीकरण’ मार्फत गरिबी निवारणका कार्यक्रमहरु संचालन गर्ने भएको छ । सोही कार्यक्रममार्फत उत्पादन र उत्पादकत्व बृद्धि रोजगारी सिर्जना गर्ने अध्यक्ष कुँवरले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । किसानलाई कृषि साधन, मल र बीउमा अनुदान दिने, पालिकामा बोयर तथा खरी जातको बाख्राको स्रोतकेन्द्र स्थापना गर्ने, व्यवसायिक कृषि उत्पादन केन्द्र स्थापना गर्ने, उत्पादित कृषि सामग्रीको बजारको व्यवस्था गर्ने, सहकारी पसल संचालनमा प्रोत्साहन लगायतका कार्यक्रम प्राथमिकतामा परेका छन् ।

गाउँमै स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई व्यावसायिक कृषिमा रोजगारीका अवसर सिर्जना गर्ने, युवालाई उद्यमशिलता, व्यवसायिक तथा सीपमूलक तालिमको व्यवस्था गर्ने, पालिकाका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्न संग्राहलयको स्थापना गर्ने कार्यक्रम अध्यक्ष कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्थानीय श्रम, सीप र क्षमतामा आधारित आरन, सिलाई कटाई, डोको, डालो, ठेका जस्ता परम्परागत पेशाहरुलाई व्यवसायिक बनाउने, टोल विकास संस्थाहरु गठन गरी सचेतनाका कार्यक्रम संचालन, ऐतिहासिक, धार्मिक, एवम् साँस्कृतिक र प्राकृतिक क्षेत्रहरुको प्रचार–प्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, पर्यटकीय गुरुयोजना निर्माण गर्ने, औद्योगिक ग्रामको निर्माण कार्य सम्पन्न गर्ने, अंग्रेजी बिषयको पठक–पाठनका लागि तालिम एवम् अनुदानको व्यवस्था मिलाउने, उत्कृष्ट शिक्षक, विद्यालय एवम् विद्यार्थीलाई पुरस्कृत गर्ने नीति अबलम्बन गरिएको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।

ज्येष्ठ नागरिक, अतिविपन्न र असहायहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था, कंकेदेउराली ताल निर्माणको डि.पि.आर. तयार गरी पर्यटन, खानेपानी तथा सिंचाई लाई एकीकृत विकासमा जोड्ने लगायतका कार्यक्रम रहेको अध्यक्ष कुँवरले बताए ।

शुक्रबार नै गाउँपालिका उपाध्यक्ष सरिता खड्काले आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट पेश गरेकी छिन् । अध्यक्ष कुँवरले पेश गरेको नीति तथा कार्यक्रमहरु कार्यान्वयनको लागि ५९ करोड ७६ लाख ७९ हजार बराबरको बजेट पेश गरेकी हुन् । खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट राजश्व बाँडफाँड शिर्षकमा ८ करोड ६५ लाख ९१ हजार, वित्तीय समानीकरण अनुदान रु. १० करोड ३९ लाख, संघिय विशेष अनुदान २ करोड ७० लाख, संघीय समपुरक २ करोड १० लाख रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु. ५५ लाख ३ हजार, राजश्व वाँडफाड ६५ लाख ८५ हजार, प्रदेश विशेष अनुदान ६० लाख, प्रदेश समपुरक अनुदान रु. १ करोड ५० लाख गाउँपालिकाको आन्तरिक राजश्वबाट रु ३० लाख लगायतका शिर्षक रहेका छन् ।

गाउँपालिकाले पालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गर्नका लागि ६ करोड २२ लाख बजेट बिनियोजन गरेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D