आयो गुल्मीको पछील्लो भाडादर, कुन बाटोको कती? चेक गर्नुस्

सन्जु काउछा
गुल्मी, भदौ २६ । जिल्लाका ग्रामिण भेगमा चल्ने सार्वजनिक यातायातको भाडादर परिवर्तन भएको छ । पछील्लो पटक जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, ट्राफिक प्रहरी, यातायात व्यवसायी, पत्रकार लगायतको गत भदौ २५ गते बसेको बैठकले सार्वजनिक यातायातको यसअघीको भाडादर अद्यावधिक गर्ने निर्णय गरेको हो ।

२० दिन पहिले अर्थात भदौ ५ गते बसेको संयुक्त बैठकले गाडी भाडा घटाऊँदै नयाँ भाडा दर कायम गरेको थियो । त्यतिबेला नयाँ भाडादर कायम भए पनि त्यो कागजमा मात्र सिमित भएको, यात्रुहरु तीन गुणा सम्म बढी भाडा तिर्न वाध्य भएको समाचार गुल्मीन्युजमा प्रकाशित भए पछी १५ भदौमा जिल्ला स्थित सरोकारवालाहरुले अनुगमन गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा नयाँ भाडादर कार्यान्वयन नभएको देखिएको थियो ।

बैज्ञानीक रुपमा नयाँ भाडादर गरिनु पर्ने भन्दै केही ब्यवसायीहरुले असन्तुष्टी राख्दै आएका थिए । असन्तुष्ट पक्षहरुको मागलाई पनि सम्बोधन गर्ने उद्देश्यले हिजो बुधवार संयुक्त बैठक मार्फत दोस्रो पटक भाडा समयोजन गरिएको हो । पक्कि सडकमा जिप, हायस र डिलक्स बसलाई अन्य सवारीले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेसँगै असन्तुष्ट व्यवसायीहरु भाडा समायोजनमा सहमत भएका हुन् । आज बिहीवार देखी नै लागु भएको नयाँ भाडा दर कायम नगरे प्रचलित कानुन अनुसार कारवाही हुने जिल्ला प्रशाासन कार्यालय गुल्मीकाले जनाएको छ ।

यतिबेला जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्ला भित्रका सडक रुटको सुची सहित भाडा दर सार्वजनिक गर्दै कार्यन्वयन गर्न उर्दी नै जारी गरेको छ । कार्यालयले यात्रुहरुलाई जिल्ला भित्रका झन्डै डेढ सय वटा सवारी रुटमा तोकिएको भाडा दर अनुसार भाडा रकम तिरी टिकट लिएर मात्र यात्रा गर्नु अनुरोध गरेको छ । थप बाटोहरुको भाडादर अद्यावधिक हुने क्रममा रहेको बताईएको छ । तोकिएको भाडादर भन्दा बढी रकम लिई आमसर्वसाधारणलाई ठगी गरेमा प्रचलित कानून अनुसार कारवाही हुने पनि कार्यालयले जनाएको छ । यात्राको क्रममा भाडा सम्बन्धी वा अन्य केही गुनासो भए प्रमुख जिल्ला अधिकारी पौडेललाई सिधै ९८५७०१७७७७ मा, प्रहरी उपरिक्षकलाई ९८५७०१५५५५ मा, ट्राफिक प्रहरी प्रमुखलाई ९८५७०९०२३७ त्यस्तै जिल्ला प्रशासन कार्यालयको नम्बरहरु ९८५७०६७२४२ र ९८५७०६७२४४ मा फोन गरेर जानकारी गराउन पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

हेरौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको नयाँ भाडा दर:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D