gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा भाडा समयोजन सहमती: जिप, हायस र डिलक्स बसले २० प्रतिशत भाडा बढी लिन पाउने

हुमाकान्त पोखरेल
गुल्मी, २५ भदौ । गुल्मीका यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा व्यवसायीले भाडा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् । पक्कि सडकमा जिप, हायस र डिलक्स बसलाई अन्य सवारीले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेसँगै व्यवसायी भाडा समायोजनमा सहमत भएका हुन् ।

यातायात व्यवसायी हिमाल कुँवरले अहिले गरिएको निर्णय सहि भएको भन्दै विहिबारदेखि नै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । यसभन्दा अगाडीको बैठकमा प्रशासले आफुहरुको सहमतिबिना निर्णय गरेकोले कार्यान्वयन नभएको तर आगामी दिनमा कार्यान्वयन गर्ने जानकारी दिए । अहिले कायम गरिएको नयाँ भाडादरअनुसार अब जिप, हायस तथा डिलक्स बसको पक्कि सडकमा प्रतिकिलोमिटर तीन रुपैँया ६२ पैसा पर्नेछ । यसभन्दा अगाडी भदौ ५ गते बसेको बैठकले पक्कि सडकमा जीप, हायस तथा डिलक्स बसको लागि तीन रुपैँया १५ पैसा कायम गरिएको थियो ।

भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमा विभिन्न सरोकारवाला निकयसँग बसेको बैठकमा ग्रमिण भेगमा चल्ने सवारीमा भाडा समायोजन गर्ने निर्णय गरेपनि कार्यान्वयनमा भने आएको थिएन । उक्त निर्णय कार्यान्वयमा नआएको भन्दै यातायात व्यवसायी र प्रशासनको आलोचना समेत हुने गरेको थियो । बढी आलोचना खेप्नुपरेको भन्दै प्रशासनकै सक्रियमा सरोकारवालाहरु बिच पुन: बैठक बसेको थियो । भदौ ५ निर्धारण गरेको भाडादरअनुसार जिल्लाका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको भाडादरमा कमी आएको छ । अहिले प्रचलनमा रहेको भाडा अन्य ठाउँको भन्दा तुलनात्मक रुपमा बढी भएको भन्दै नयाँ भाडादर कायम गरिएको हो ।

गुल्मीमा २०७३ भदौ २० गते कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो । तर अहिले तीन बर्षपछि यहि भदौ १० गतेदेखि लागु हुने भाडादरमा कच्चि, ग्राभेल र पक्कि सडकमा फरक–फरक भाडादर कायम गरिएको छ । तर सबै सडकहरुमा जीप र हायस तथा बस र मिनि बसको भाडादर भने एउटै हुने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए । अहिले कायम भएको भाडाअनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो । त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया ६२ पैसा कायम गरिएको छ ।

त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैँया कायम गरिएको छ । बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए । हाल जिल्लामा १०८ वटा सडकमा नियमित यातायात संचालन हुने गर्दछन् । जिल्लाको तम्घास–रिडी सडक बाहेक तम्घास सिमलटारी मात्र एकमात्र पक्कि बाटो हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D