आमाले ईन्टरनेट चलाउन नदिएपछि छोरीले गरिन आत्माहत्या

प्रेम सुनार
बुटवल – २७ । अर्घाखाँचीमा एउटा दुखद र अभिभावकहरुलाई पनि एकपटक सोच्न बाध्य पार्ने घटना घटेको छ । ईन्टरनेट सेवा भएको मोबाइल चलाउन आमाले नदिएपछि भुमिकास्थान नगरपालीका– ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी छन् । आमा रमा थापाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाई बुझाई गर्दा जिद्दी स्वभावकी छोरी सुनिता थापाले मोबाईल चलाउन नपाएको झोकमा आवेगमा आएर बुधवार आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी प्रमुख डिएसी नवराज मल्ल संग सम्पर्क राख्दा घटनाको पहिलो कारक आमाले मोवाईल नदिनु रहेको पाईएको बताए । भने–‘ उनले ज्यान हाल्नुको पहिलो कारक त्यही देखिएको छ । उनले सुसाईट नोट पनि लेखेकी छन । जुन यस्तो छ –‘मैले वावालाई सानैमा पनि देख्न पाईन । एउटी आमालाई शान्ति दिन सकिन । मेरो लास नजलाई दिनु । गाडी दिनु । आमालाई त शान्ति नमिल्ला तर म मेरो बाटो गर्छु । ’ त्यस नोटमा उनले एक पटक आमालाई आईलभ यु भने पनि सानैमा मृत्यु भएका वावुलाई पटक पटक आईलभयु ड्याडी, आईलभ यु ड्याडी भनेर विदा लिएको डिएसपी मल्लले बताए । सानैमा वावु देख्न नपाएको कलेस उनिमा रहेछ भन्ने बुझ्न सकिन्छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D