आफु जन्मेको घरमा आँफै “पाहुना” हुनुपर्दा….. (शुशिला गौतमको नयाँ गीत)

अनिल खत्री
१८ फागुन, गुल्मी । जुन घर जन्मी छन् त्यहि घरमा छोरी पाहुना बन्छन् । यो साँच्चिकै यर्थात पनि हो । छोरी आफ्नो जन्म घरमा पराई भएको एउटा बास्ताबिक कथा गीत मार्फत गायिकाले पोख्ने प्रयास गरेकी छन् ।

गायिका शुसिला गौतमको नयाँ गीत सार्बजनिक भएको गीतमा एउटा नारीहरुको यर्थात कहानीलाई समाबेश गरेकी छन् । लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका गौतमले ‘पाहुना’ एकल गीत सार्बजनिक गरेकी छन् । उनले आफ्नो जन्म दिनको शुभ अवसरमा गौतमको छोरी चेलीको एउटा बस्ताबिक कहानीलाई “पाहुना” मार्फत बाहिर ल्याएकी छन् । जन्मीएको घरमा आफु पाहुना बन्नु पर्ने एउटा यर्थात कथा बस्तुमा गीत सार्बजनिक गरिएको गायिका गौतमले बताइन् ।

जन्मघरबाट बिवाह भएर अर्काको घरमा गएर आफनो घरलाई आफनो भन्नु पर्ने र जन्म घरमा पाहुना बन्नु पर्ने मुख्य कथा गीतमा रहेको गौतमले बताइन् । जन्म घरबाट बिदाभएपछि पराई घरमा गर्नु परेका दुखलाई गीतमा समाबेश गरिएको छ ।

गीतमा खास गरि छोरी जन्म घरमा पहुना बन्नु परेको र पराई घरमा दुख कष्ट गर्नु परेको कथा बस्तु हरेको गायिका गौतमले बताइन् । जन्म घरका सबै पराई हुँदा गीत मार्फत आफनी आमासँग गरिएका बास्ताबिक भावहरु गीतमा पाउन सकिने गायिका गौतमले बताइन् ।

गीतमा एउटी छोरी जन्म घरमा पाहुना बन्नु पर्दा परेको पिडा गीतमा रहेको उनले बताइन् । गायिका गौतमकै शब्द लय तथा स्वर रहेको एकल गीत मर्मस्पर्शी शब्द भाव रहेको छ । गीतमा गायिका गौतम र उनकी आफनी आमाको अभिनय रहेको छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D