gulminews logo
बिहीबार, २०८१ बैशाख १३

आज जनैपुर्णिमा एवम् रक्षा बन्धन मनाईँदै, क्वाँटी खाने दिन पनि आजै

काठमाडौ, ३० साउन । आज जनै पूर्णिमा तथा रक्षाबन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले नाडीमा बाँधिदिने गरिन्छ । यसरी बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनविश्वास रही आएको छ । यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि ऊर्जा ल्याउन भन्दै यस दिन नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।

आजका दिन तागाधारीहरुले आफ्नो जनै फेर्ने गदर्छन । यसका लागि हिजोदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बस्ने चलन छ । यसरी व्रत बसेका तागाधारीहरुले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गर्ने गर्दछन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । यो दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ ।

त्यस्तै मिथिलाञ्चल क्षेत्रमा भने भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र जनै पूर्णिमा धूमधामका साथ मनाइंदै छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । यसैविच जनैपूर्णिमाको दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा मेला लागेको छ ।

आजकै दिन क्वाँटी खाने चलन पनि रहिआएको छ । यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाँटी” हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी” भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D