तिलाचन पाण्डे
गुल्मी, माघ २६ । बिहीबारदेखि परेको भारी वर्षाले शनिबार बिहानै गुल्मीका विभिन्न ठाउँहरुमा भारी हिमपात भएको छ। करिब समुन्द्री सतहदेखी दुई हजार ४५३ मिटरको उचाइमा अवस्थित गुल्मीको धार्मिक एबंम पर्यटकीय स्थल रेसुंगालगायत अर्जुन डाडामा पनि भारी हिँउ परेको छ।


यो पनि पढ्नुस्: गुल्मीमा फेरी हिमपात, डाँडाकाँडा सेताम्मे (भिडियो सहित)
करिब १२ वर्ष पछि यहि माघ १२ गते पनि यस्तै भारी हिँउ परेको थियो। हिँउ परेपछि तम्घासमा चिसो पनि धेरै बढेको छ जसका कारण तम्घासको जनजीवन कष्टकर बनेको छ। हिउँ परेपछि हिउँमा खेल्न र रमाउन जानेको संख्या अत्याधिक रहेको छ।

आज शनिबार बिदाको दिन भएका कारण सरकारी कार्यलयका कर्मचारीहरु र विधालयका विधार्थी तथा शिक्षकहरु पनि रेसुंगाको हिउँ हेर्न र हिउँमा खेल्न पुगेका छन् ।

आज परेको हिउँ तम्घासबाट पनि प्रष्ट रुपमा देख्न सकिन्छ। चिसोका कारण बालबच्चा र वृद्दाहरुलाई निकै समस्या परेको र अत्याधिक असर गर्ने भएकाले खानपान र न्यानो कपडाहरु लगाउन जिल्ला अस्पाताल गुल्मीका डाक्टरहरुले आग्रह गरेका छन्।


चिसोमा सकेसम्म तातो खाना खाने, न्यानो लुगा लगाउन, घरभित्रै रहन र चिसो पानीमा धेरै समय नबिताउन समेत सझाव दिएका छन्।
शान्तिपुरबाट कमल प्रेरित सुबेदीले खिच्नुभएका केही फोटोहरु:



