gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अवरुद्ध मध्यपहाडि लोकमार्ग खुल्यो, मुसलधारे पानीका कारण ठाउँठाउँमा पहिरो

कमल पौडेल
बडिगाड, १४ असार । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–वुर्तिवाङ सडकखण्डमा पर्ने बडिगाड गाउँपालिका वडा नं. २ राक्सेमा माथिवाट आएको पहिरो तथा छेउमा पर्खाल भत्किँदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।

गएराति परेको मुसलधारे पानी र त्यसबाट अवरुद्ध सडक बडिगाड गाउँपालिकाको प्रयासमा सुचारु भएको हो। राक्से क्षेत्रका विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याएपछि ८ घण्टा अवरुद्ध सडक खुलेको हो। पहिरोले स्थानिय अम्मर बहादुर वि.क.को घर भत्काएको छ। वातावरणीय प्रभाव मुल्यांकन विनै खनिएका ग्रामिण सडक भेलले बगाउँदा मध्यपहाडि लोकमार्ग नै अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउन डोजर सहित पुगेका बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा सहितको टोलीलाई केहिवेर स्थानियले अवरोध गरेका थिए।

साना खोल्साहरुमा मध्यपहाडि लोकमार्ग निर्माण गर्दा हुन सक्ने जोखिमलाई ख्याल नगरी ह्यामपाइप राखिएको र विपत्ति आएको स्थानियले आरोप लगाएका छन्। उनिहरुले सो स्थानमा पक्कि पुल वनाउनुपर्ने माग राखेका छन्। त्यस्तै सोहि भेल सहितको पहिरोले स्थानियले उपयोग गर्दै आएको खानेपानी तथा सिँचाइ नहर बगाएको छ। नहर बगाउँदा झण्डै ५ सय मुरी धान फल्ने खेतमा समस्या भएको छ। धान रोप्ने दिन नजिकिएको बेला नहर वगाएपछि समस्यामा परेको स्थानिय प्रेमलाल अर्यालले बताउनु भएको छ ।

खानेपानीको ट्यांकी बगाएपछि राख्से, वडहरे लगाएतका क्षेत्रमा खानेपानी समस्या भएको छ। त्यस्तै क्षेत्रे, खर्वाङ, रिघाफेँदी लगाएतका स्थानमा माथिवाट आएको पहिरोले सडकमा क्षती पुर्याएको छ।

सडक खुलेसंगै रातिबाट थुनिएका काठमाडौंबाट आएका रात्रि वस लगाएत दर्जनौ सवारी साधन गन्तव्यमा लागेका छन्।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D