gulminews logo
शनिबार, २०८१ बैशाख ८

अर्घाखाँची छत्रदेवका कृषक श्रेष्ठलाई उत्कृष्ट कृषक सम्मान पुरस्कार

७ बैशाख, गुल्मी । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषक सम्मन पुरस्कार गरेको छ । बुधवार गाउँपालिकाले वडानम्बर–५ निवासी कृषक तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको हो ।

सम्मानित कृषक श्रेष्ठलाई नगद रु ५० हजारले सम्मान गरेको गाउँपालिकाले जनाएको छ । श्रेष्ठले कृषि पशुपंन्छी व्यवसायबाट उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्दै पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको थियो ।

सम्मानित कृषक श्रेष्ठले पछिल्लो केहि वर्ष यता कृषि पशुपंन्छी व्यवसाय गर्दै आएका छन् । उनि गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेर आइएम ई रेमिट लगायत अन्य व्यवसाय गर्दै आएका थिए ।

तर पछिल्लो केहि वर्ष यता भने त्यो व्यवसाय छोडेर कृषि पेसा अगांलेका छन् । गाउँमा अगुवा कृषकको रुपमा काम गरि अन्यलाई पनि कृषिमा प्रेरित गर्ने उदेश्यले कृषि पेसा अगांलेको कृषक श्रेष्ठले बताए । गाउँपालिकाले श्रेष्ठसँगै आर्थिक वर्ष ०७८-०७९ को कार्यक्रम अनुसार उत्कृष्ट कृषक सम्मान गरेको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D