Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
अरुले दसैं मनाईरहँदा आगलागीले हरिकलालाई बनायो घरबार बिहिन, गर्भवती बुहारी सहित परिवारको बिचल्ली - Gulminews

अरुले दसैं मनाईरहँदा आगलागीले हरिकलालाई बनायो घरबार बिहिन, गर्भवती बुहारी सहित परिवारको बिचल्ली

बागलुङ, १५ असोज । सारा नेपालीहरु हर्षोल्लासका साथ विजया दशमी मनाउदै गर्दा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ की एक जेष्ठ नागरिक र गर्भवती महिला छिमेकीको आश्रयमा बस्नु पर्ने वाध्यतामा परेका छन् । साविक लेखानी गाविस वडा नं. ९ कादेश थानापट्टी निवासी ७१ वर्षीया हरिकला जिसीको घरमा विद्युत सर्ट भएर बुधवार राती आगलागी हुदाँ परिवार विस्थापित बनेको हो । घरमा आगोलागी भएपछि ७१ वर्षीया हरिकला र उनकी गर्भवती बुहारी छिमेकी पदमबहादुर जिसीको घरमा आश्रय लिएर बसेका छन् ।

गर्भवती बुहारीको सुत्केरी हुने दिन कटि सक्यो, सुत्केरी भएपछि कसरी व्यवस्थापन गर्ने, अर्काको घरमा सुत्केरीलाई कसरी स्याहार सुसार गर्ने भन्ने पिरलोले हरिकला चिन्तित तुल्याएको छ ।

दशै समेत छिमेकीको घरमा मनाउनु परेको हरिकलाले जानकारी दिनुभयो । दशै त हाम्रा लागि दशा बनेर आयो, परिवारको विचल्ली भयो, पीडित हरिकलाले गुनासो गर्नु भयो ।

बुधवार राती एक्कासी आगोलागी भएपछि ज्यान मात्र बचाउन सकेको हरिकलाले बताउनु भयो । आगलागीबाट हरिकलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा रहेको नगद १ लाख ५० हजार, २ तोला सुन सहित १२ लाख बराबरको सम्पत्ती नष्ट भएको पीडितले बताएका छन् । छोरा रोजगारीका लागि घर बाहिर गएको, बुहारी स्वास्थ्य परिक्षणका लागि सदरमुकाम गएको समयमा एक्कासी आगलागी हुदा आफुले ज्यान जोगान धौ धौ भएको ७१ वर्षीय हरिकलाले बताउनुभयो ।

घरमा भएको नगद, गरगहना सहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएपछि परिवारको व्यवस्थापन गर्न निकै कठिन भएकोले सबैलाई सहयोगका लागि अपिल गरिएको स्थानीय बेलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँले पीडितको सहयोगका लागि आगलाती पीडित राहत संकलन समिति गठन गरी सहयोग संकलन अभियान थाल्ने तयारी भएको जानकारी दिनुभयो ।

आगलागीबाट पीडित परिवारको सहयोगका लागि वडा कार्यालय, गाउँपालिका लगायत अन्य निकायमा अनुरोध गर्ने गरी राहत संकलन समिति गठन गर्ने जनाइएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D