gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अभिभावक विहिन दुई वालकहरुको विचल्ली

पाल्पा । यहाँका दुई बोटे बालबालिका अभिभावकको निधनपछि बिचल्लीमा परेका छन् । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँ दैलातुङको बोटे गाउँको दृश्य हो यो । बावु आमाको मृत्युपछि यहाँका दुई बोटे बालबालिका बेसाहारा मात्रै भएका छैनन् उनीहरु बेवारिसे जस्तै भएका छन् । १४ वर्षीया हेमा बोटे र उनका भाई १० वर्षीय सन्तबीर बोटेले अहिले आमा बावुको अभावमा कष्टकर रुपमा दिनरात गुजार्दै आएका छन् ।

हेमा शारिरीक रुपले समेत अशक्त छन् । उनी सहज रुपमा हिड्डुल गर्न र बिद्यालय जान समेत सक्दिनन् भने कक्षा १ मा पढ्ने सन्तबीर महिनामा मुस्किलले एक दुई दिन मात्रै स्कुल जान्छन् । स्थानीय दैलातुङ आधारभुत विद्यालयमा उनीहरुको घरबाट पैदलबाटै ५ मिनेटमै पुग्न सकिन्छ तर उनीहरुलाई शैक्षिक वातावरणले आकर्षित गर्न सकेको छैन ।
palpa-3
जन्म दिने आमाले सदाका लागि छोडेर गएको पनि ३ वर्ष भइसक्यो । आमाको मृत्युपछि खुट्टा सम्वन्धी रोगले ग्रस्त भएका बावुको १ वर्ष अघि निधन भएको थियो । बावु आमाको निधनपछि उनीहरु आफ्नै घरमा हजुरआमासँगै बस्दै आएका थिए । उनी हजुरआमाको पनि ३ महिना अघि निधन भएपछि उनीहरु थप समस्यामा परेका हुन् ।
भान्छाकोठाको छेउमा एउटा बोरामा चामल थियो तर पकाउने तरकारी थिएन । न त नुन नै थियो न त मसला नै । अब खाना पकाउने होला नि भन्ने जिज्ञाशामा सन्तबीरले भने–“चामल त छ तर तरकारी केही छैन ।” यसकारण पनि उनीहरुले अभावकै कारण कयौ रात भोकै सुतेका छन् ।

उनीहरुसित राम्रो निद्रा लाग्ने गरि सुत्ने बिस्तारा समेत छैन । काली गण्डकी किनार छेउमा रहेको उनीहरुको घरले हावा समेत राम्रो गरि छेक्दैन । पानी पर्दा उनीहरु भिज्दै सुत्नुपर्छ । हेमाले भनिन्–“यही गुद्री ओछ्याएर सुत्छौं ।” सन्तबीरका दुई जना दाईहरु पनि छन् । उनीहरुले नेपालगञ्जतिर मजुदरी गर्छन् । दाईले पठाएको पैसाले उनीहरुले चामल किनेका हुन् । दुई दिदीहरुको बिहे भइसक्यो । दिदीहरुलाई दुःख सुख आफ्नो घर चलाउँदै ठिक्क छ ।

इन्सेकको पहलमा गठन भएको मानवअधिकार निगरानी समूह खानीगाउँका सदस्य पदमराज बस्यालले उनीहरुले साह्रै दुःख पाएकोले सबै क्षेत्रबाट सहयोगको खाचो रहेको बताए । उनले भने–“यो गाउँमा ६ जना बालबालिका यस्तै अभिभावक बिहीन भएका छन् । तर सबैभन्दा अप्ठेरो यिनै हेमा र सन्तबीरले भोगेका छन् ।” वडा कार्यालय खानीगाउँका वडा सचिव हरि बस्यालले हेमाको अपांगता परिचय पत्र बनाई उनलाई अपांगता भत्ता समेत प्रदान गर्न सकिने बताए । उनले वडा कार्यालयले यस विषयमा तदारुकताका साथ काम गर्ने बताए । –पाल्पा समाचार पत्रबाट साभार

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D