gulminews logo
बुधबार, २०८१ बैशाख १२

अब बिदेशबाट काँचो सुन ल्याउँदा कती कर बुझाउनु पर्छ? हेर्नुस्

सन्जु काउछा
जेठ १६ । हिजो अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नु भएको ०७५-०७६को बजेट भाषण त धेरै जनाले सुन्नु भयो होला । बजेट भाषण पुरै नसुने पनि बिदेशमा बस्नेहरुले नेपाल फर्कदा १०० ग्राम सम्म काँचो सुन ल्याउन पाउने कुरा त पक्कै सुन्नु भयो होला ।

पहिले पहिले बिदेशबाट फर्किने नेपालीहरुले अत्यन्तै सानो परिणाममा बिना भन्सार काँचो सुन ल्याउँदा खासै समस्या थिएन तर गत २०७३ साउन १ गतेदेखि विदेशबाट नेपाल आउने नेपाली, गैरआवासीय नेपाली वा विदेशी कुनै पनि यात्रुले काँचो सुन तथा चाँदी ल्याउन पाउँदैन थिए । यसबारे जानकारी नहुँदा धेरैजना सुनसहित बिदेशबाट फर्किने यात्रुहरु समस्यामा परे । कतिले जरिवाना तिरे त कती जेलमै पनि पुगे । हिजोको बजेट भाषण पछी भने बिदेशबाट नेपाल आउनेहरु नेपालीहरुलाई आफुसँग १०० ग्राम सम्म काँचो सुन ल्याउने कानुनी बाटो खुलेको छ ।

अर्थमन्त्रीले हिजो बजेट वक्तव्यमा स्पस्टसँग पढेका थिए सुन ल्याउन राजस्व तिर्न पर्छ भनेर । केही मिडियाहरुले विदेशबाट फर्किएका नेपाली यात्रुहरुले १०० ग्रामसम्म सुन ल्याउन पाउने र त्यसमा करसमेत नलाग्ने गलत समाचार प्रसारण गर्दा धेरैजना अन्यौलमा परेको जस्तो पनि देखियो । खास कुरा विदेशबाट करै नतिरी सुन ल्याउन अहिलेको बजेटले छुट दिएको छैन ।

पहिले काँचो सुन महसूल तिरेर पनि ल्याउन पाईँदैन थियो भने अहिले कर तिरेर १०० ग्राम सम्म ल्याउन पाउने ब्यवस्था गरिएको छ, फरक त्यत्ती मात्र हो ।
gold rule nepal
हो कर त तिर्ने तर चासोको बिषय कति तिर्नुपर्छ त यसका लागि कर बापतको महसूल?

आर्थिक विधेयकमा यसबारे प्रष्ट व्यवस्था उल्लेख छ। हेर्नुस्-

बिदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा देहाय बमोजिम महशुल लाग्नेछ:
क. पहिलो ५० ग्राम सम्म ५२०० रुपैँया
ख. ५० ग्राम भन्दा माथि थप ५० ग्राम सम्म प्रतिग्राम सम्म ६२०० रुपैँया

माथी उल्लेखित भन्दा बढी परीमाणमा सुन पैठारी गरेमा बढी भएको जती पारीमाण जफत गरिनेछ

यस अनुसार दुई वटा दर हुन्छन्- ५० ग्रामसम्म ल्यायो भने प्रति दश ग्राम ५२०० रुपैयाँ। ५० ग्रामभन्दा माथि ल्यायो भने प्रति दश ग्रामको ६२०० रुपैयाँ।

अर्थात् पहिलो ५० ग्राम सुनको ५२००X५‍‌ = २६००० अर्थात् २६ हजार रुपैयाँ महसूल लाग्नेछ । बाँकी ५० ग्राममा प्रति दश ग्राम ६२०० को दरले ६२००X५ = ३१००० लाग्नेछ।

मतलब बिदेशबाट नेपाल आउँदा कसैले आफ्नो साथमा १०० ग्राम काँचो सुन ल्याउँदा २६००० रुपैँया ‌+ ३१००० रुपैँया= ५७००० अर्थात् ५७ हजार रुपैयाँ महसूल लाग्छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D