अबिरल बर्षाका कारण अवरुद्ध मालढुंगा–बेनी सडक खुल्यो

ईन्द्र थापा मगर
असार १८ । अबिरल बर्षाका कारण अवरुद्ध मालढुंगा९म्याग्दी जिल्लाको बेनी मुस्ताङ जोर्ने सडक सुचारु भएको छ ।

म्याग्दी र मुस्ताङ लाई राजमार्ग संग जोड्ने एकमात्रै सडक सोमबार दिउँसो पर्वतको जलजला गाउँपालिका ८ ज्यामिरेमा अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरोले अवरुद्ध भएको सडक साँझ खुलेको छ ।

सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधान र अन्य क्षेत्रबाट ति जिल्लामा भित्रिने सवारी साधान अलपत्र परेको म्याग्दीका गोविन्द रोकाले जानकारी दिए ।

अत्याधिक ठूलो वर्षा परेकाले तत्काल सडक खुलाउन समस्या परेको थियो । भारी बर्षातका कारण यात्रुहरु समेत अलपत्र परेका थिए । सडक अवरुद्ध भए पनि गाउँपालिकाले समयमै डोजर न पठाउँदा यात्रु अलपत्र परेका थिए । यसै बीच म्याग्दीको ग्रामिण क्षेत्रका सडक समेत बर्षातले जोखिम बनेका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D