सन्तोष महतारा
गुल्मी छापहिलेमा हिजो करेन्ट लागेर मृत्यु भएकी विनिता रसाइलीको अन्त्येष्टि गरिएको छ भने घाइते जमुना विकको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा उपचार भइरहेको मालिका गाउँपालिका वडा १ का वडाध्यक्ष इन्द्र वहादुर घर्तिले जानकारी दिनुभएको छ ।
घाइते जुना विकलाई आईसियु कक्षमा राखिएको छ । उनलाई थप सुधार आएको बताइएको छ ।
हिजो मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर नेटा घर भएकी १९ बर्षकी बिनिता रसाइलीको मृत्यु भएको थियो भने मालिका गाउँपालिका ६ अर्जेकी जुना बिश्वकर्मा घाइते भएकी थिइन् । रसाइली र बिश्वकर्मा अर्जेमा चलेको कक्षा ११ को परिक्षा दिएर बिहीबार साँझ नेटा घर तर्फ जाँदै गरेका थिए ।
घरमा जाँदै गरेका २ जना युवती छापहिलेमा बाटोमा करेन्ट लागेको थियो ।