अञ्जान गौतमको तीज कोसेली “कर्कलाको पात” बजारमा (भिडियो)

साउन २६, काठमाडौँ। हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीतिक बजारमा तीजका गीत आइरहने क्रम जारी छ । कलाकारहरुलाई समेत तीजले छपक्कै छोपेको देखिन्छ ।

पछिल्लो समयमा बजारमा आइरहेका तीजका गीतमा मौलिकता हराउदै गएको होकी भन्ने हल्ला चलिरहेको अबस्थामा गायक अञ्जान गौतमको सृजना र स्वरमा निकै मौलिक तीज कोसेली कर्कलाको पात बजारमा आएको छ ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक गौतमको कर्कलाको पात चौथो तीज कोसेली हो । यस भन्दा पहिले यसपाली तीजैमा केलाम केलाम भो, छोटो जामले र बरिलै जस्ता तीजका गीतले अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका थिए । यिनै गीतहरुको अपार सफलता पछि गौतमले यो बर्षको तीजलाई मध्यनजर गदै कर्कलाको पात बजारमा ल्याएका हुन ।

मौलिक विषय बस्तुलाई कथाबस्तु बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ ।
माकुरीले जालै बुन्यो कर्कलाको पातैमा
मलाई पनि लैजानु होला हजुरैको साथैमा

बोलको गीत लय शब्द अञ्जान गौतम अनी देवी घर्ती र अञ्जान गौतमको आबाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडलहरु राज लामा, रेखा शाह, सिम्रन पौडेल, दिल्बाग अलि खानको अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन र सम्पादन असोक सुनार तथा छायाँकन तिलक बुढाथोकीले गरेका हुन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D