gulminews logo
शनिबार, २०८१ बैशाख १५

अग्लुङ्गका कृषकलाई कृषी औजार वितरण

रमेश विश्वकर्मा
गुल्मी, असार १३ जिल्लाको मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । मदाने गाउँपालिकाको अनुदानमा २८ लाख बराबरका कृषि अौजार कृषकलाई वितरण गरिएको हो ।

कृषकहरुलाई मिनि टिलर, थ्रेसर, कुटानी पिसानी मिल तथा प्लास्टिक टनेल लगायतका कृषि सामाग्री वितरण गरिएको छ । वडा नम्बर १ को टोल ९ मा रहेको देउराली आलु कृषक समुहद्वारा समुहका सदस्य कृषक सँगै अन्य कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।
कृषि सामाग्री अन्तर्गत मिनि टिलर (मिनि हलो-हाते ट्याक्टर), थ्रेसर (कोदो चुट्ने मेसिन), कुटानी मिल, कुटानी पिसानी मिल, प्लाष्टिक टनेल, त्रिपाल लगायतका सामाग्री वितरण गरिएको मदाने गाउँपालिका कृषि समुहका अध्यक्ष राजेन्द्र बिष्टले बताए । कृषकलाई उक्त सामाग्री उपलब्ध गराउन १४ लाख रकम कृषकबाट उठाइएको र बाँकि रकम अनुदान रहेको बताईएको छ ।

मदाने गाउँपालिकाको आर्थिक बर्ष २०७६/७७ को बजेटबाट पालिकासँगको सहकार्यमा कृषकहरुलाई प्रोत्साहनको लागि अन्य कृषि समुहलाई जस्तै यस समुहलाई पनि अनुदानबाट कृषि अौजार वितरण गरिएको मदाने गाउँपालिका कृषि शाखा प्रमुख हुम बहादुर थापाले बताए ।
कृषि ज्ञानकेन्द्र गुल्मीको ५० प्रतिशत अनुदानमा आएका ३१ पिस कुटानिपिसानी मिल, ५ पिस मिनि टिलर, ३ पिस मिनि थ्रेसर लगायतका कृषि सामाग्री वितरण गरिएको बताइएको छ । कृषकहरुलाई कृषि क्षेत्रमा सहजता होस र कृषि उत्पादनको क्षेत्रमा अब्बल बनाउदै लैजान र कृषि क्षेत्रमा प्रोत्साहित गर्न उक्त सामाग्री उपलब्ध गराईएको बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D