gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अक्सिजन प्लान्ट अभियानमा गुल्मी सेवा समाज कतारको ३५ हजार सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, २६ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानको लागि गुल्मी सेवा समाज कतारले ३५ हजार सहयोग गरेको छ । रोजगारीको शिलशिलामा कतारमा कार्यरत गुल्मेलीहरुको उक्त संस्थाले जिल्लामा अक्सिजन प्लान्ट बनाउनको लागि रकम सहयोग गरेको हो ।

कोभिड महामारी चलिरहेको र अक्सिजनकै कारण बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएकोले पत्रकार महासंघले सुरु गरेको अक्सिजन प्लान्ट अभियानमा आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कुमार अविरल पन्थीले जानकारी दिए । पन्थीले पत्रकार महासंघले राम्रो कामको सुरुवात गरेकोले आफुहरुले सहयोग गरेको बताए । संस्थाले गैरआवासीय नेपाली संघले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने अभियानमा पनि आर्थिक सहयोग गरेको छ ।

संस्थाले गुल्मीका १२ वटै पालिकाका दुई वटा विद्यालयका कम्तिमा चारजना विद्यार्थीलाई प्रत्येक बर्ष छात्रवृत्ती समेत प्रदान गर्दै आएको छ । पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले भौतिक शरिर परदेशमा भएपनि आफ्नो गाउँलाई समस्या पर्दा सम्झिएकोमा खुसि व्यक्त गरे । हालसम्म संकलित रकममध्येबाट ५० लाख गुल्मी अस्पताललाई प्रदान गरेको भन्दै अर्यालले अब आफुहरुको ध्यान अक्सिजन प्लान्ट निर्माणमा रहेको बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D