कौरव खत्री
गुल्मी ६ मंसिर । बाग्लुङ्गको बडिगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतरे तालमा प्रत्यक्ष दृश्य अवलोकन गरि ¥याफटिङमा सयर गर्नका लागि दिनप्रतिदिन आन्तरिक पर्यटकहरु संख्या वृद्धि हुदै गएको छ ।
साथै पछिल्लो पालामा आन्तरिक पर्यटकहरु तालमा ¥याफ्टिङ मार्फत सयर गरेर अवलोकन गर्नका लागि दैनिक रुपमा गुल्मी र बाग्लुङ्गका विभिन्न स्थानबाट गरि १ सय देखि २ सय जनासम्मले ¥याफटिङमा सयर गरेर तालको अवलोकन र अनुभव बटुल्ने गरेको भन्दै ¥याफटिङलाई दिगो रुपमा सञ्चालन गर्न गाँउपालिका र स्थानीयहरुसँग पहल भैरहेको बडिगाड गाँउपालिका ५ ,बाग्लुङ्गका ¥याफटिङ सञ्चालक तोम जिसीले बताए ।
झण्डै १ किलोमिटर फैलावट र ३० देखि ३५ मिटरसम्म गहिराई रहेको तालको अवलोकन गर्नका लागि आउन थालेपछि आन्तरिक पर्यटकहरुको मागलाई मध्यनगर गदै बडिगाड गाँउपालिका र स्थानीयहरु अनुमति लिएर १० दिनका लागि परीक्षणको रुपमा तालमा ¥याफटिङ सञ्चालन गरिएको ¥याफटिङ सञ्चालक जिसीले बताए ।
त्यस्तै प्रथम वडिगाड महोत्सव तथा न्वागी मेलाको प्रचार प्रसारले गर्दा पनि तालको अवलोकन गर्न पाउने भएपछि तुरतुरे तालमा ¥याफ्टिङ मार्फत सयरको व्यवस्था भएपछि आन्तरिक पर्यटकहरुको संख्यामा ह्वात्तै वृद्धि आएको ¥याफटिङ सञ्चालक जिसीले बताए ।
यस्तै पछिल्लो समयमा ताल अवलोकन गर्नका लागि आन्तरिक पर्यटकहरुले समेत तालकै रुपमा राख्न दिएका छन् । तुरतुरे तालमा ¥याफटिङ सञ्चालन हुनु स्थानीयबासीलाई मात्र नभएर सबैका लागि खुसी कुरा भएकोले यसलाई तालकै रुपमा बचाइ राख्नु पर्ने बडिगाड गापा ७ भिमगिठे बाग्लुङ्गका स्थानीय समाजसेवी टिपुरे सुनारले बताए ।
तुरतुरे ताल प्राकृतिक रुपमा इश्वरले दिएको बरदान भन्दै ¥याप्mटिङ मार्फत सयर गरेर अवलोकन गर्नका लागि आफू आएको र अन्य ठाँउका ताल भन्दा तुरतुरे ताल धेरै फरक र बेग्लै अनुभूति पाएको मुसिकोट नगरपालिका १ गुल्मीका आन्तरिक पर्यटक चिरन केसीले बताए ।
साथै गलकोट नगरपालिका ३ बाग्लुङ्गकी आन्तरिक पर्यटक मनु खड्काले भनिन,सुरुमा त ¥याफटिङमा सयर नगरौकी भन्ने जस्तो लाग्यो, तर सबै साथीहरु सयर गरेको देखेर सुरमा डराइ डराइ भएपनि ¥याफटिङमा सयर गरेपछि भने तालमै सयर गराँै–गरौँ जस्तो अनुभूति भएको भन्दै आफूले अन्य ठाँउको ताल अवलोकन गरेको भन्दा छुट्टै आनन्दको अनुभव पाएको बताइन ।
तालको उचित व्यवस्थापन र जोखिम न्यूनिकरण गरेर ताललाई तालकै रुपमा राखेर पर्यटन विकास गर्नसके आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउने र पर्यटनको विकासमा एउटा बलियो आधार तुरतुरे ताल बन्ने ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु बताउछन् ।
तुरतुरे तालमा आन्तरिक पर्यटकहरुको ठूलो घुइचो लाग्न थालेपछि बडिगाड गाँउपालिका र नगरपालिकाका जनप्रतिनिधिहरु पटक पटक बसेर तालका बारेमा आन्तरिक पर्यटकहरुलाई व्यवस्थित गदै पर्यटन विकास गरेर आयआर्जनमा जोड्न सकिन्छ भन्ने विषयमा बहस र छलफल भएको तर ठ्याक्कै निर्णय चाहि केही नभएको बडिगाड गाँउपालिका ७ भिमगिठे बाग्लुङ्गका वडा अध्यक्ष कृष्ण गुरुङ्गले बताए ।
तुरतुरे ताल बडिगाड गाँउपालिका ७ र ढोरपाटन नगरपालिका १ अन्तर्गत पर्ने तुरतुरे ताल गत भाद्र २९ गते राति करिव ११ बजे तिर ठूलो पहिरो गएर बडिगाड खोला थुनेपछि प्राकृतिक रुपमै सुन्दर ताल बनेको हो । तश्वीर ःकौरव खत्री