कृषी

५० प्रतिशत अनुदानमा कृषकको घरघरमै मल पुर्याईयो, ४३ क्विण्टल मल वितरण

रमेश विश्वकर्मा
गुल्मी, बैशाख १० । कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषकको घरघरमै मल पुगेको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन बडिगाड बाग्लुङले यसै आर्थिक बर्षमा बिनियोजित बजेट कार्यान्वयनको क्रममा कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषकको घर घरमै मल पुर्याइयको बरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

उक्त आलुजोन कार्यान्वयन परियोजना इकाई बाग्लुङले गुल्मी जिल्लाका २ स्थानिय तह मालिका गाउँपालिकाका १-५ वडा, मदाने गाउँपालिकाका १, २ र ५ र बाग्लुङ जिल्लाका ६ ओटा स्थानिय तह बडिगाड गाउँपालिकाका १,३,५,६,७,८र १० तमान खोला र तारा गाउँपालिकाका सबै वाडा, निसिखोला गाउँपालिकाका ५ र ६ , ढोरपाटन नगरपालिकाका ३ देखि ९ र गल्कोट नगरपालिकाको वाड न १० गरि जमा ८ ओटा स्थानीय तहका कृषि समूह, निजि उद्यम तथा सहकारी गरि पहिलो बर्षमा १३४ समूह सुचिकृत भएका बरिस्ठ कृषि अधिकृत पौडेलले बताएका छन।

चालू बजेट अन्तर्गत बिनियोजित रकमबाट कृषकहरुको मागको आधारमा आर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नको लागी ४३ क्विण्टल प्राङगारिक मल वितरण गरिएको कृषि अधिकृत बिस्वास काफ्लेले बताएका हुन ।

कृषकहरुको घर घरसम्म मल ढुवानी को व्यबस्था कार्यालय आफैले गरेको समेत अधिकृत काफ्लेले बताएका हुन यसै आर्थिक बर्ष कार्यालय मार्फत संचालित साना सिचाइ आयोजना, आलु तथा बीउ संकलन गोदाम र प्याकेजको लागि पोस्ट हार्वास्ट र रेस्टिक स्टोर निर्माणको कार्यलाई समेत तिब्रता दिएको बताइएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D