कृषी

३ करोड निजी लगानीमा कृषि फर्म संचालन: ११ जनालाई गाउँमै रोजगारी, तरकारी खेती देखी बँदेल र माछा सम्म पालन

सन्तोष महतारा
०७ फागुन, गुल्मी । अर्घाखाँचीको छत्रदेब गाउँपालिका ५ छत्रगञ्ज अमराईमा ३ करोड निजि लगानीमा कृषि फार्म संचालन गरिएको छ । नेपालमा आफ्नो भविष्य छैन भन्दै दिनानुदिन लाखौंको सङ्ख्यामा युवाहरू विदेशिएका वेला अर्घाखाँची छत्रगञ्जका एकघरपरिवारले तीन करोड लगानीमा कृषि फार्म संचालन गरेका हुन् ।

छत्रगञ्जका बलप्रसाद श्रेष्ठले आफ्नो निजि लगानीमा आफ्नै निजि एक सय छ राेपनी जग्गामा छत्रदेब बहुउद्देश्यीय कृषि फार्म प्रा.लि संचालनमा ल्याएका हुन् । गतबर्ष देखि सुरु गरिएको उक्त कृषि फार्ममा अहिले लाेकल तथा अन्य जातका गरी बाख्रा ६०, ग्रिन हाई टेक टनेल एक वटा साथै टमाटर, काउली, बन्दा, प्याज, लसुन, खुर्सानी र केरा खेती समेत गरिएको बताए । फार्ममा अहिले लाेकल कुखुरा, टर्की, ब्रोइलर कुखुरा र बँदेल पनी रहेका छन् । उनले फर्ममा माछा पालन समेत गरिएको छ ।

११ जनालाई राेजगारी

संचालित कृषि फार्मबाट अहिले ११ जनाले राेजगार पाएका छन् । न्युनतम १५ हजार देखी अधिकतम २५ हजार सम्म तलब दिएर ११ जना कामदार राखिएको कृषि फार्मका संचालक श्रेष्ठले बताए ।
कृषि फार्म सुरुसुरुमा भएकोले अहिले पनि लगानीको काम चलिरहेको छ । अहिलेसम्म निजि लगानी तीन करोड गरिसकिएको बताइएको छ ।

सरकारले हेरेन : संचालक श्रेष्ठ

कृषि फार्म संचालक बलप्रसाद श्रेष्ठले आफुहरुल निजी लगानीमा यति ठुलो कृषि फार्म संचालन गरिरहे पनि सरकारले नहेरेकाे गुनासो ब्यक्त गरे । अहिलेसम्म मात्रै ग्रिन हाइ टेक टनेल ७५% अनुदानमा लिएको बताउँदैै उनले अहिलेसम्म अरु कुनै सहयोग नभएको जानकारी दिए । राजनैतिक दल जसको सत्ता आएपनी कसैले अनुदान नदिएको बलप्रसादले गुनासो गरे । उनले सबै आफ्नो स्वार्थका पछि लागेका छन् भन्दै कृषकलाई प्राेत्साहन नगरिनु दुखत बिषय भएको बताए । बलप्रसादलाई आफ्ना छाेराहरुले उक्त कृषि फार्ममा साथ दिएका छन् ।

कृषि ज्ञान केन्द्र अर्घाखाँची कार्यालयले बारम्बार सहयोग गर्छु भनेपनी सामान्य केहि पनि सहयोग नगरेको, मात्रै आशा देखाएकाे छाेरा तेजेन्द्र श्रेष्ठले बताए । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख देबेश कुमारलाई मिश्रलाई सम्पर्क गर्दा उनले अहिलेकाे कृषि अनुदान कार्यक्रममा समेट्न नसकेपनी तत्कालका कृषि कार्यक्रममार्फत सहयोग गरिने बताए । आफू पनि एकपटक साेही फार्म अवलोकन गरेर त्यसको लागि स्थानीयतहको सहयोगले नपुग्ने भन्दै प्रदेश र केन्द्रमा माग राख्ने बताएका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker