gulminews logo
बिहीबार, २०८१ बैशाख १३

सुहागरात मनाउँदै गर्दा “बहिनी” ले मेरो पेटमा ६ महिनाको गर्भ छ मलाई पनि स्विकार भन्न आएपछी……..

प्रेम सुनार
गुल्मी, असार १२ । केहि दिन अघि विवाहको दोश्रो दिन विहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटना पछ्याउँदै जाँदा थप रहस्य फेला परेको छ । जेठ २४ गते राती बुटवलको एक होटलमा सुहागरातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर ७ अमुवा हिरागञ्जमा ३२ वर्षिय कर्णबहादुर बुढाथोकी अर्को दिन विहान सोही होटलको काठोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले झण्डै १५ वर्ष देखि स्थानिय थारु समुदायकी एक युवती संग प्रेम सम्वन्ध राख्दै आएको ति युवतीको दावी छ । तर बुढाथोकीले आफ्ना साथीहरु मर्फत उनि बाट पन्छिन चाहेको बताईएको छ । गत एक वर्ष अघि देखि उनि संग टाढिदै आएको बुढाथोकीलाई गत कार्तिक महिनामा ति युवतीका परिवारजन र आफन्तले जुटाएर मेलमिलाप गराउने प्रयास गरेका थिए ।

बुढाथोकीका मिल्ने साथी कमल भट्टराईका अनुसार बुढाथोकी त्यस कार्तिक महिनाको छलफलमा बुढाथोकीले वावुको मृत्यु भएको एक वर्ष पुरा नभएकोले ६ महिना पछि विवाह गर्छु भनेका थिए । तर जेठ २३ गतेका दिन त्यहाँका वडाध्यक्ष सहितका जनप्रतिनिधी विच भएको छलफलमा बुढाथोकीले ति युवतीलाई विवाह गर्न अस्वीकार गरेका थिए । त्यस पछि ति युवतीले त्यस गाउँपालिकाको उपाध्यक्ष कहाँ पुगेर बुढाथोकीले आफु संग पटक पटक गरी ६ लाख रुपैयाँ लिएको भन्दै उक्त रकम अशुल गरी पाउँ भनि उजुरी दिएकी थिईन ।

फेरी जेठ २४ गते बुढाथोकीलाई एक्लै पारेर जवरजस्ती विवाह गराएर यस्तो घटना घटेको उनका परिवारजनको आरोप छ । उक्त आरोप झुट भएको ति युवती र उनका पक्षधरहरुको दावी छ ।

के भएको थियो त त्यस रात ?

त्यसरी गाउँबाट श्रीमान श्रीमती बनेर बस्ने भन्दै बुढाथोकीले ति युवतीलाई वाईकमा राखेर हाँस्दै बाईबाईको हात हल्लाउँदै हिडेको स्थानियहरु बताउँछन् । वुटवल पुगे पछि शिद्धवावा तिर घुम्न गए । त्यहाँ पुगे पछि एउटी महिलाको फोन आयो । म्यासेजहरु पनि आउन थाल्यो । उनले विवाह गरेर ल्याएकी उनलाई ढाँट्न चाहेनन ।

उनले भनेका थिए मलाई एउटी महिलाले मेरो छ महिनाको गर्भ रहेको छ भनेर तनाव दिएकी छ । अहिले नै भेट्न आउँछु भनेर फोन गरेकी छ । त्यस पछि उनिहरु साँझ ६ वजेतिर त्यस होटलमा आए । १०८ नम्वर कोठा बुक गरे । उनले कमल भट्टराई लगायतका साथीहरुलाई पनि बोलाए । गोल राउण्ड टेवुलमा बस्ने क्रममा ति युवती नजिक टाँसिदै कालु तनाव नलिनु भनेको पनि प्रत्यक्षदर्शीहरु बताउँछन ।

त्यही वेलामा फेरी तिनै महिलाको फोन आयो । पटक पटकको फोन पछि उनि ति महिलालाई लिन जान बाध्य भए र गए पनि । केहि वेरपछि होटलको त्यही माथी छतमा ति महिला आईन् । उसलाई विवाह गर्छस भने मलाई पनि स्वीकार गर नत्र यहि छतवाट हाम फालेर मर्छु भनेर दवाव दिन थालिन् । अर्की पनि त्यसै गर्न थालिन् । कमल भट्टराई लगायतले ति महिलालाई झपारेर पठाए ।

त्यस पछि बुढाथोकीले विवाह पार्टीका रुपमा साथीहरुलाई तल लगेर वियर र नास्ता गराए । त्यहाँ हाँसो ठट्टा पनि चल्यो । ति साथीहरु करिव साढे दश वजेतिर त्यहाँबाट हिँडेको होटलवालाको भनाई छ । उनि दुई जना सोही कोठामा सुत्न गए । विहान करिव ५ वजेको समयमा सेन्डो मैलो भयो धोई देउ त भनेर श्रीमतीलाई दिए बुढाथोकीले । करिव ६ वजेतिर सावुन लगायतका सर समान किन्न पठाए ।

ढोका नखोलेको देखेपछि दुवै जना तल झरेर होटलवालाई आग्रह गरे । स्टाफले ढोका खोलेपछि ति युवती वाहिर निस्कीईन । बुढाथोकी माथी कोठामै गए । होटलवालाको शव्दमा २० मिनेट पछि उनि सामानहरु किनेर आईन् । भित्र ढोका हान्दा चुक्कुल लगाएको पाए पछि अत्तालिदै ति महिला तल चक्कु माग्न आईन । ढोका खोल्न एक्लै हरप्रयास गरिन् । अन्ततः ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखेर उनले काँधमा बोकेर बचाउने प्रयास गरेको उनको भनाई छ ।

उनै वहिनी थिईन जो अर्की श्रीमति बनेर आईन

बुढाथोकीको विवाहकै दिन अर्की श्रीमती बनेर आउने महिलाको कथा बेग्लै छ । उनका श्रीमान् विदेशमा थिए । बुटवल नजिकैको एक शहरमा डेरा गरेर बसेकी उनि गत वर्ष वुटवलको एक अस्पतालमा छोराको उपचार गर्न पुगेकी थिईन् ।

सोही अस्पतालमा बुढाथोकीका पिता पनि विरामी परेर भर्ना भएका थिए । जहाँ बुढाथोकी र उनकी दिदी संग चिनजान भयो । उनले आफ्नै बुवाको रुपमा स्यार सुसार पनि गरिन् । त्यस अस्पतालबाट रिफर भई घर ल्याए पछि सिकिस्त परेका वुढाथोकीका पिताले उ मेरी छोरी नै हो बोलाई देउ भनेर बोलाईयो ।

पिताको मृत्‍यु भएपछी पनि उनले घरको सवै काम देखि किरिया क्रमको कुनो सम्म पुरै छोरीका रुपमा भुमिका निभाईन् । यहाँ सम्मकी उनि मलामी समेत गएकी थिईन् । त्यस पछि पनि आउने जाने घरको सवै काम गर्ने दाजु वहिनी मिलेर गर्ने गरे । जुन दाजु वहिनीको सम्वन्ध माथी उनकी प्रेमीका बनेकी ति थारु सामुदायकी महिलाले आशंका गर्न थालिन् ।

उनिहरु बढि नै नजिकन थालेको र आफुसंग टाढिँदै जान थालेपछि उनले ति दुई जनाको हर्कतबारे विदेशमा रहेका उनका श्रीमानलाई केहि कुरा सहित तस्वीर पठाई दिईन् । त्यसले उनिहरु विचको दाम्पत्य जिवनमा असर पुराउँदै गयो । त्यही रिस साँधेर बसेकी तिनै वहिनी बनेकी महिला त्यसरी ६ महिनाको गर्भ सहित श्रीमती बन्न आएकी थिईन । कमल भट्टराई भन्छन्, “कर्णकै आग्रहमा वुटवलमा त्यसको १५ दिन अघि ति महिलालाई भेट गराईएको थियो ।”

त्यस भेटमा वहिनी जस्तो पवित्र नाता जोडेकाहरुले प्रेमी प्रेमीका हौं भन्न लाज लाग्दैन ? भनेर सवाल पनि उठाईयो । त्यति वेला उनले त्यो गर्भ रहेको कुरा बताईनन् । त्यसको १५ दिन पछि जव ति थारु समुदायकी महिलासंग विवाह गरे भन्ने सुनिन् तव उनि ६ महिनाको गर्भ छ श्रीमती स्वीकार गर भन्दै आईन ।

यसबाट के देखिन्छ भने आफ्नो श्रीमानलाई कुरा लगाएर घर विागरेकी ति थारु समुदायकी युवतीसंग रिस साँध्नु, मेरा विगारी भने त्यसको घर पनि हुन दिन्न भन्नु र उनलाई त्यसरी उचाल्नुमा कुनै न कुनै तत्व पनि हावी भएको घटनाक्रमहरुलाई नियाल्दै जाँदा प्रस्ट हुन्छ । यस घटनालाई वुटवल प्रहरीले गम्भीरता पुर्वक नलिएको परिवारजनको गुनासो छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D