सडक खबरसमाचार

सिद्धबाबामा पहिरो खस्दा मोटरसाइकल चालक तिनाउ नदीमा खसे, बुटवल-पाल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

२८ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो झर्दा मोटरसाइकल चालक तिनाउ नदीमा खसेका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै यात्रा गर्दैगर्दा पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको थियो । चालकको नाम खुलेको छैन ।

पहिरोमा परेका उनलाई ढुंगाले च्यापेको अवस्थामा देखिएपनि पहिरो झरिरहेको र नदीमा बाढी आएकाले प्रहरीले उद्धार गर्न सकेको छैन ।

सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D