gulminews logo
मंगलवार, २०८१ बैशाख ११

सालझण्डी–तम्घास सडक खण्ड अन्तर्गत सालझण्डी-पटौटी सडकको ठेक्का रद्द हुने

टोपलाल अर्याल
गुल्मी, ६ भदौ । पाँच जिल्ला जोडने सालझण्डी–पटौटी सडक खण्डको काम १५ भदौसम्म शुरु नभए ठेक्का रद्ध हुने भएको छ । सालझण्डी–पटौटी सडक खण्डको काम २०७१÷०७२ मा जिटी जय बाबा निर्माण कम्पनीले लिएको थियो । तर समयमै काम नभएपछि नेपालकै गौरवको योजनाको प्रवेशद्धार नै चार बर्षदेखि अलपत्र अवस्थामा छ ।

जसका कारण ठेक्का सम्झौता तोडनेसम्मको स्थिती आएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । सालझण्डी–सन्धिखर्क–ढोरपाटन तथा सालझण्डी–पटौटी–तम्घास सडक खण्डको अरु बाँकी भागमा काम भएपनि प्रवेशद्धारमै काम नभएको पराजुलीले बताए ।

निर्माण कम्पनीको ढिलासुस्ती प्रति गुल्मेली सरोकारवालाले जिल्लादेखि केन्द्रसम्मका निकायको ध्यानाकर्षण गराउने गरेका छन् । तर अवस्था ज्यूँका त्यूँ छ । मंगलबार पनि गुल्मी र अर्घाखाँचीका जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघका पदाधिकारीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख होम एसीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भेला भएका दुई जिल्लाका सरोकारवालाले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्ने कुनै छाँट नदेखिएकोले १५ भदौसम्म मात्रै पर्खिएर ठेक्का रद्ध गर्ने निर्णय गरेका छन् ।

चार बर्षसम्म पनि काम नगरेर अलपत्र बनाउने निर्माण कम्पनीप्रति सालझण्डी–सन्धिखर्क–ढोरपाटन आयोजनाका मुख दर्शक मात्रै भएर बसेको दुवै जिल्लाका सरोकारवालाले बताए । त्यस्तै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यो सडक खण्डको कामका बिषयमा सडक आयोजना प्रमुखसंग पटकपटक छलफल र निर्माण व्यावसायीलाई चेतावनी दिने काम भएकाले केहि दिनमा अवस्था उहि भए ठेक्का तोड्न निर्देशन दिएको बताए ।

पत्रकारले पनि सडक आयोजना र निर्माण कम्पनीका बिषयमा चर्को आलोचना गरेका थिए । ‘आयोजना प्रमुखले कारबाहि गर्नुको सट्ठा जहिले पनि ठेकेदारको सर्पोटमा कुरा गरिरहनुभएको छ,‘ पत्रकार शिव सुवेदीले भने,’उहाँले अव के जोखिम मोल्नु प¥यो के सरुवा माग्नु प¥यो ।’

नेपालभर काम नगर्ने निर्माण व्यावसायी पक्राउ गर्ने अभियानमा जिटी जय बाबा निर्माण कम्पनीका संचालक पनि पक्राउ परेका थिए । उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण श्रेष्टले भुक्तानीको जिम्मा सडक आयोजनाले लिएर पेटी ठेकेदार मार्फत काम गर्न सुझाव दिए । साथै उनले सडकखण्डको अनुगमन र निर्माण सामग्रीको स्थितीले काम कुनै हालतमा नहुने बताए । काममा ढिकासुस्ती गरे बापत सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनालाई ३७ लाख ४४ हजार जरिवाना तिर्न बाँकी रहेको आयोजना प्रमुख होम एसीले बताए ।

गत जेठ महिनामा पनि गुल्मेली सरोकारवालाले सालझण्डी–पटौटी–तम्घास सडक खण्डको अनुगमन गरि ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका थिए । अव त्यो निर्माण कम्पनीले काम गर्ने आश आफुहरुमा पाँच प्रतिशत पनि नभएको गुल्मी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण भण्डारीले बताए । ‘पटकपटक आयोजना र सम्बन्धित निकायलाई यो बिषयमा जानकारी गरायौँ,वास्था नै भएन,’उनले भने,‘अब गुल्मेली कार्यालयमा आएर अनशन बस्न तयार छौ ।’

छलफलमा गुल्मीबाट जिल्ला समन्वय समति अध्यक्ष लक्षमण पराजुली सहित सदस्य, उद्योग बाणिज्य संघ अध्यक्ष दुर्गा पाण्डेय, उद्योग बाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ट, अखिलेश्वर प्रसाद पाण्डे, कृष्ण भण्डारी लगायत पदाधिकारी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायत पदाधिकारीको उपस्थिती रहेको थियो । भने अर्घाखाँचीबाट जिल्ला समन्वय समिति प्रमुख पिताम्बर भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण श्रेष्ट, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनाल सहितका पत्रकार तथा सरोकारवालाहरुको पनि छलफलमा सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D