मनोरन्जन

समिक्षाको ‘तिन फुर्के डोरी’ ले रामचन्द्रको दिल चोरेपछि…….. (भिडियो सहित)

अनिल खत्री
२ असार, गुल्मी । अहिले लोक दोहोरी क्षेत्रमा लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ख्याल ख्यालमै दिल चोरी भएको चर्चा संगीत बजार छ । गायक चन्दको दिल चोरी भएको खासमा वास्ताबिकता नभई हालै सार्बजनिक गरिएको गीतमा उल्लेख गरिएको हो ।

लोक तथा दोहोरी गाएक रामचन्द्र चन्दको ‘तिन फुर्के डोरी’ सार्बजनिक गरेका छन् । माया प्रेममा आधारित कथा बस्तुमा तयार पारिएको गीत यहिँ हप्ता सार्बजनिक गरेका हुन् ।
लोक दोहोरी क्षेत्रमा फरक–फरक खालका गीतहरु सार्बजनिक भइरहेका बेला गायक चन्दको पनि फरक खालको गीत सर्बजनिक गरेका हुन् । माया प्रेमको कथासँगै स्टेज कार्यक्रमहरुमा नाच्ने खालको गीत सर्बजनिक गरिएको गायक चन्दले बताए ।

गीतमा शिरमा सुहाउने तिनफुर्के डोरी ख्याल ख्यालमै दिल चोरी भएको कथा गीतमा पाउन सकिने गीतका गायक रामचन्द्र चन्दले बताए । माया प्रेममका रसिला शब्दभावले भरिएको गीत गीतकार हुम गैरेले लय शब्द गरेका हुन् ।

गीतमा गायक रामचन्द्र चन्द र समिक्षा बिसीको सुमधुर आवाज रहेको छ ।गीतलाई पछिल्लो पिडीका युवाहरुलाई केन्द्रित गरिएको छ । गीतको शब्द अनुसार भिडियो पनि तयार गरिएकाले धेरै दर्शक श्रोताले मनपराउने गायक चन्दले बताए ।

शैली क्रियशनले बजारमा ल्याएको गीतको भिडियोमा चर्चित मोडल शंकर बिसी र अनु शाहा को अभिनय रहेको छ । शंकर बिसीको नृत्य निर्देशन र राजेश घिमिरेले छायाँकंन गरेका हुन् ।

गीतको पुरा भिडियो :

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D