मनोरन्जन

शितल शर्माको नयाँ तीज कोशेली “नमुना जोडी” बजारमा

सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली “नमुना जोडी ” सार्बजनिक गरेकी छिन । बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फ्ल्म्सले गरेको छ ।

भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् । आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्द हरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ । बुटवलकै कलाकार राज केसी , मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।

बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ । राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ ।
“नमुना जोडी” को भिडियो हेरौँ:

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।