घटना-दुर्घटना

वुटवल जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाइते, ३ को अवस्था गम्भिर

कमल पौडेल
बडिगाड, ०६ बैशाख । मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ क्षेत्रेमा ग १ ज ७०७२ नं. को जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

यो पनि पढ्नुस्: गुल्मीमा १४ वर्षीया किशोरी बलात्कार गर्ने पाल्पाका हनुमान अर्घाखाँचीमा पक्राउ

निसिखोला गाउँपालिका वडा नं. ४ झिवाखोलावाट वुटवलको लागी छुटेको जिप सडक छेउमै पल्टीएको हो। जिपमा सवार निसिखोला घर भइ हाल वुटवल वस्ने वर्ष २५ का उषा साहि, निसिखोला वडा नं. ४ का वर्ष २९ का सोभा चन्द र सोहि स्थानमा वस्ने ६३ वर्षिय चन्द्रलाल शर्मा को अवस्था गम्भिर रहेको प्रहरीचौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक मन वहादुर कार्किले वताउनु भएको छ।

सो दुर्घटनामा वुटवल ११ का २६ वर्षिय गिता चन्द थापा, सोहि स्थानका ३ वर्षिय सदिक्षा थापा, निसिखोला ४ का ९ वर्षिय निसा चन्द, सोहि स्थानका १२ वर्षिय सक्षम रेग्मी, ३५ वर्षिय पुरन बुढा मगर, १८ वर्षिय इश्वरी प्रसाद पौडेल, ५ वर्षिय तेज कुमारी रेग्मी, निसिखोला गाउँपालिकाका वडा नं. ३ का १८ वर्षिय निरज साहि र चालक बडिगाड गाउँपालिका वडा नं. १ का रिम थापा घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको खर्वाङमा प्राथमिक उपचार पछि वुटवल पठाइएको छ। बुर्तिवाङ यातायात प्रालिद्धारा सञ्चालीत सो फोर्स जिप सडक छेउँको विद्युत पोलमा ठोक्कीएर पल्टिएको थियो। चालक निदाएको कारण दुर्घटना भएको यात्रुहरुले वताएका छन्। घटनाको अनुसन्धान भैरहेको ट्राफिक हवल्दार तिलकराम विकले जानकारी दिनुभएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D