कृषी

लिम्घामा बोयर बाख्रा प्रर्दशनी सम्पन्न

सुरेश थापा
गुल्मी । बोयर बाख्रा प्रर्दशनी गुल्मीको लिम्घामा सम्पन्न भएको छ । सत्यवती गाउँपालिका गुल्मीको आयोजना तथा सत्यवती बाख्रा पालन समिति लिम्घा गुल्मीको सहआयोजनामा बोयर क्रस बाख्रा प्रर्दशनि गरिएको हो । कार्यक्रममा गाउँपालिका स्तरीय उत्कृष्ट व्यवसायि कृषक एवंम कृषक समुहहरुलाई सम्मान पनि गरिएको छ । कार्यक्रममा बाख्रा पालनको अवस्था संभावना र बाख्रा पालनमा नश्ल सुधारको महत्वबारे जानकारी दिईएको थियो ।

पुरानै जातका बाख्रा पालनबाट कृषकलाई फाईदा नहुने हुदा बोयर बाख्रा बोयर क्रस बाख्रा पालन गर्नुपर्ने कुरामा कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष दानबहादुर रानाको अध्यक्षता, सत्यवती गा.पा.का अध्यक्ष पारिश्वर ढकालको प्रमुख आथित्यता रहेको थियो । उपाध्यक्ष सुशर्ण शाहि शेर्चन, प्रशासकिय अधिकृत यादव भण्डारी, के.यु वि.के. का तुल्सी भण्डारी, नारायण खनाल, ओम कुवँर, अर्जुन कनौजे, लगायतले मन्तव्य राख्नुुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पारिश्वर ढकालले सत्यवती गाउँपालिका दुध र मासुमा आत्मनिर्भर रहेको साथै कृषकहरुको लागि सत्यवती गा.पा. सधै साथमा रहेको बताउनु भएको थियो ।

डिल्लिराज भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रकाश भट्टराइले गर्नुभएको थियो । कार्यक्रममा सत्यवती गा.पा.का जनप्रतिनिधि, व्यवसायि किसान, बाख्रा पकेट समुहका सदस्यहरु लगाएतको आतिथ्यता रहेको थियो ।
सत्यवती गाउँपालिका वडा नं. ४ लिम्घा उपल्लो भेगका मात्र ११ सय ७७ बाख्राहरु प्रदर्शनीमा राखिएका थियो । यो कार्य निकै नौलो कार्य हो ।


भैरव स्थान बाख्रा पालन समुह प्रथम देउराली बाख्रा पालन समुह द्धतिय चण्डेश्वरी बाख्रा पालन समुह तृतिय सत्यवती बोय बाख्रा पालन समुह सन्त्वना भएका छन ।
कार्यक्रममा दुग्ध उत्पादक समुह बिक्रि केन्द्र, मासु बिक्री केन्द्र लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा के.यू.वि.के. द्धारा निशुल्क पशु शिविर पनि राखिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D