gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रिडी बजारमा सिसी क्यामरा जोडीयो

अनिल खत्री
१० चैत, गुल्मी । गुल्मीको रिडी बजार क्षेत्रमा पहिलो पटक सिसी क्यामरा जडान गरिएको छ । बजार क्षेत्र भित्र हुनसक्ने दुर्घटना र शान्ति सुरक्षामा सघाउ पु¥याउने उदेश्यले बजार क्षेत्र भित्र क्यामरा जडान गरिएको रुरु फ्रेण्ड क्लवले जनाएको छ ।

रुरु गाउँपालिकाको वडा नम्बर स्थित रिडी बजार क्षेत्रमा रुरु फ्रेण्ड क्लवले बिभिन्न स्थानमा १२ वटा सिसी क्यामरा जडान गरेको क्लवले जनाएको छ । रिडीमा रहेको क्लवले सामाजिक कार्य स्वरुप बजार क्षेत्रमा सिसी क्यामरा जडान गरेको क्लवले जनाएको छ ।

बजार क्षेत्र भित्र अति ब्यस्त स्थान बसपार्क र बजारका बिभिन्न स्थानहरुमा सिसी क्यामरा जडान गरिएको क्लवले जनाएको छ । क्लवले करिब ३ लाख बढि लागतमा सिसी क्यामराहरु जडान गरेको हो ।

बजार क्षेत्रमा सिसी क्यामरा जडान भएपछि दुर्घटना न्यूनिकरणसँगै शान्ति सुरक्षा, चोरी लगायतका अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्न सघाउ पु¥याउने स्थानिएले बताएका छन् ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D