छिमेकका समाचार

रिघामा सामाजिक सुरक्षा भत्ता वितरण

कमल पौडेल
बागलुङ, २१ बैसाख । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ ।

शनिवार धारामन्दिर, वडा कार्यालय, सानो रिघा र फेंदिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आइतवार साविक रिघा गाविसको वडा नं. ७, ८, ३ र ६ मा वितरण गरिने वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारीदिनुभएको छ । वडाका कर्मचारी, जनप्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

शनिवार वृद्ध, एकल महिला, अपांगता भएका र दलित पोषण अन्तरगत २ सय ९६ जनालाई २६ लाख वढि रकम वितरण गरिएको वडा अध्यक्ष श्रीसले बताउनु भएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D