gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

यी इमान्दार ट्याक्सी ड्राइभर जसले गुल्मीकी बसन्ताको सुनको पोको र नगद फिर्ता गरे

काठमाडौँ, ८ फागुन । ट्याक्सी मिटरमा जान नमानेको, बढी भाडा अशुलेको, ट्याक्सी चालकले नै लुटपाट गरेको जस्ता नकारात्मक समाचार बेला बेला आइरहन्छन् । जसले गर्दा सिंगो ट्याक्सी व्यवसायी नै बद्नाम हुने गरेका छन् । पैसा देखेपछि महादेवका समेत तीन नेत्र खुल्छन् भन्ने भनाई समेत रहेको छ ।

तर, बुधबार भने यी सबै कुरालाई माथ खुवाउने गिर एउटा सुखद खबर सार्वजनिक भयो । एकजना ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा ग्राहकले छुटाएको नगद र बहुमूल्य गरगहना फिर्ता गरेका छन् । बुधबार बिहान साढे ४ बजे अनामनगरबाट नैकाप जाने क्रममा बा.२.ज. २२७९ नम्बरको ट्याक्सीमा छुटेको साढे तीन लाख बराबरको गरगहना र नगद ट्याक्सी चलक आफैँ ट्राफिक कार्यालय पुगेर फिर्ता गरेका हुन् ।

धरान उपमहानगरपालिका–१९ चौकीबारीका घर भई हाल काठमाडौं भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल राईले काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका हुन् ।

चालकले प्रहरीलाई ती सामान बुझाएपछि प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेको छ । बुधबार बिहान ट्याक्सीमा भुषालको सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिँजडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान छुटेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D