gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

यि हुन् गुल्मीमा उत्पादन हुने ७ मकैका बिउ जसमा ३३ प्रतिशत बाहिर निर्यात हुन्छन्

टोपलाल अर्याल
गुल्मी, माघ ४ । गुल्मी मकैको बिउमा आत्मनिर्भर भएको छ । मकैको बिउ उत्पादनमा किसानहरु आकर्षण बढ्दै गएको छ भने जिल्ला कृषि विकास कार्यालय र अन्य विभिन्न गैरसरकारी संस्थाहरुले किसानहरुलाई सहयो पुर्याउँदै आएका छन् । जसका कारण मकैको बिउमा जिल्लाले प्रगति गरेको छ । तर बजारीकरणमा भने समस्या देखिएको छ । अहिले कृषि सहकारी र बिउ उत्पादन समुहले मकै सहित धान, गहुँ, बोडी लागयतका खाद्यान्न बालीका बिउ व्यवसायिक उत्पादन गर्दै आएका छन् ।

जिल्लामा ८५ हजार छ सय ७० हेक्टर खेती योग्य जमिन मध्ये ३२ हजार आठ सय ३० हेक्टर जमिनमा मात्र मकै खेती हुने गरेको छ । सबै भन्दा बढी जमिन २३ हजार नौ सय ६५ हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुँदै आएको छ । बिस्तारै किसानहरु मकै उत्पादन तर्फ आर्कषित भएपछि अहिले जिल्लामा मकैको बिउ आयत गर्नु नपर्ने भएको छ । ‘अब मकैको बिउ खोज्न बाहिर जानु पर्दैन,’ अधिकृत पन्थीले भने, ‘मकैको बिउमा आत्मनिर्भर छौँ ।’

यि हुन् गुल्मीमा उत्पादन हुने ७ मकैका बिउ जसमा ३३ प्रतिशत बाहिर निर्यात हुन्छन्

गुल्मी जिल्लाबाट बार्षिक एक सय ८० मेट्रिक टन बिउ बिक्रि हुँदै आएको छ । जिल्लामा एक सय २० मेट्रिक टन मकैको बिउ आवश्यक पर्नेमा अहिले तीन सय दुई मेट्रिक टन मकैको बिउ उत्पादन हुन थालेको बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए । जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार गुल्मीले मकैको बिउ निर्यात समेत गर्न थालेको छ ।

जिल्लामा खपत भएर बाँकी रहेको ६० मेट्रिक टन अर्थात ३३ प्रतिशत बिउ अर्घाखाँची, पाल्पा, सुर्खेत, तनहुँ, सल्यान लगायतका बाहिरी जिल्लामा निर्यात भैरहेको छ । अहिले जिल्लाका विभिन्न स्थानमा किसानले देउती, मनकामना ३, रामपुर कम्पोजिट ९, मनकामना ६, रेसुंगा कम्पोजिट, गुल्मी २, मनकामना ५ र अरुण २ नामका मकैका बिउ उत्पादन गर्दै आएका छन् । ती मध्ये रेसुंगा कम्पोजिट र गुल्मी २ जिल्लामै विकास गरिएका बिउ हुन् ।

नौ वटा मकैको पकेट क्षेत्र
जिल्ला कृषी विकास कार्यालयले बिउ उत्पादनका लागि मदाने गाउँपालिकाको पुर्कोटदह र भनभने, रुरु गाउँपालिकाको थानपति, बम्घा र दिगाम, रेसुंगा नगरपालिकाका विभिन्न स्थान, गुल्मी दरवार गाउँपालिकाको गौडाकोट र दरवारदेविस्थान साथै छत्रकोट गाउँपालिकाको हर्दिनेटालाई बिशेष पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम गर्दै आएको छ ।

मकैको बिउ उत्पादनमा सहकारी सक्रिय

अहिले मकैको बिउ उत्पादनमा किसानका लागि उन्नत बिउबिजन कार्यक्रमले सहयोग गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रणबहादुर महतोका अनुसार सबैभन्दा बढी रुरु गाउँपालिकाको थानपतिमा रहेको पानीटंकी जैविक बहुउद्देश्यीय कृषि सहकारीले १७ हेक्टर क्षेत्रफलमा वार्षिक ३० टन बढी मकैको बिउ उत्पादन गर्दै आएको छ ।

सहकारीकी अध्यक्ष दुर्गा ज्ञवालीका अनुसार उनीहरुले मनकामना ३, मनकामना ६ र रामपुर कम्पोजिट ९ उत्पादन गर्दै आएका छन् । बिउ उत्पादन गर्ने गरेका किसानलाई राष्ट्रिय मकैबाली कार्यक्रम रामपुर चितवनले पनि सहयोग गर्ने गरेको छ । थानपतिमा उत्पादन भएको बिउ पोखराको लुम्ले सहित पाल्पा, स्याङजा, गोरखा, सल्यान लगायतका जिल्लामा पुग्ने गरेको छ ।

बम्घाको सिजर्ननशिल बहुउद्देश्यीय महिला कृषक सहकारीले वार्षिक २५ मेट्रिकटन, पुर्कोटदहको कंकेदेउराली मकै बिउ उत्पादन कृषक सहकारीले २३ मेट्रिक टन उत्पादन गर्ने गरेका छन् । जिल्लामा १० मेट्रिक टन भन्दा बढी बिउ उत्पादन गर्ने सहकारी १४ छन् । जिल्लाभर मकै, गहु“, धान र लहरेबाली बोडीको बिउ उत्पादन गर्ने कृषि सहकारीको संख्या २८ पुगेको उद्योग वाणिज्य संघको लगानीद्धारका कार्यक्रम प्रमुख दामोदर पोखरेलले बताए । ‘अहिले किसान उत्साहित छन्, हामी पनि बिउ उत्पादनमा अनुदान र प्राविधिक गर्दै आएका छौँ’ उनले भने, ‘गुल्मीमा मकैको राम्रो संभावना छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D