सकारात्मक कुरा

यि गुल्मेली चेली जस्ले जन्मदिन मनाउने खर्च अपांगहरुलाई सहयोग गरिन्

मनोज कार्की
गुल्मी, साउन ३ । यो पछिल्लो समयमा प्राय मानिसहरू आफ्नो जन्मदिनको दिन होटल रेस्टुरेन्टमा पार्टीसंगै फजुल खर्च गर्ने चलन बढ्दो छ । तर गुल्मीकी सरिता पन्थीले भने जन्मदिनको दिन उदाहरणिय काम गरेकी छ्न् । पन्थीले आफ्नो जन्मदिनको दिन अपाङ्गहरुको सहयोगार्थ अनाथ आश्रमलाई सहयोग गरेकी हुन् ।

मालिका गाउँपालिका ७ घमिर स्थाई घर भई हाल बुटवल उपनगरपालिका देबिनगरमा बसोबास गर्दै आएकी पन्थीले ८ हजार रुपैँया बराबरको खाजा नास्ता सहित ईलक्ट्रोनिक्स सामनहरु बिहिवार नेपाल आपांग आश्रममा आश्रीत शारिरिक रुपमा अशक्तहरुलाई वितरण गरेकी हुन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D