मनोरन्जन

यस्तो बन्यो सन्तु थापाको गुल्मी चिनारी गीत “गुल्मेली ठिटो” (भिडियो सहित)

सन्जु काउछा
जुन १४ । गायक सन्तु थापाको नयाँ लोकगीत सार्वजनिक भएको छ । नेपाली लोकसंगितमा दिनप्रतिदिन चर्चा कमाईरहेका लोकगोदोहोरी गायक थापाको नयाँ गुल्मी चिनारी गीत “गुल्मेली ठिटो” सार्वजनिक भएको हो ।

गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत बिहीवार बेलुका देखी बजारमा आएको हो ।

हिमकाला रानाको शब्द तथा योगेश काजीको संगित रहेको गीतको संगित संयोजन पनि योगेश काजीले नै गरेका छन् ।

गुल्मी जिल्लाका बिभिन्न पर्यटकिय स्थल तथा कलासँस्कृतीको चर्चा गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केशब आलेले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियो सन्तोष पिठोकोटे मगरले खिचेका हुन् जसमा ड्रोन क्यामरा भने राजु बस्नेतले चलाएका छन् ।

बिष्णु शर्माको सम्पादन रहेको भिडियो साई भिजन प्रालीको पोस्ट प्रोडक्सनमा तयार भएको हो ।

झन्डै १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २ दर्जन जती गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला, कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत, लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन् । एक महिना पहिला मात्र थापाको बिदेशिएका युवाको मर्म बोकेको “प्रदेशीको पिडा” सार्वजनिक भएको थियो ।

आफ्ना केहि गीतहरुको म्युजिक भिडियो आफैले निर्देशन गरेका उनले एक झ्याउरे गीतमा आफै अभिनय पनि गरेका छन् । सांगीतिक यात्राकै शिलशिलामा युके, दुबई, मलेसिया, थाईल्याण्डसम्म पुगेका सन्तुले भारतका र नेपालका विभिन्न ठाउंमा त थुप्रै कार्यक्रमहरु गरिसकेका छन् । जुनको तेस्रो साता देखी र जुलाईको अन्तिम सम्म कार्यक्रमको लागि गायक थापा युरोपको नेदरल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, फिन्ल्यान्ड, बेल्जियम, स्पेन लगायतका देशहरुमा जाने कार्यक्रम तय भईसकेको थापाले गुल्मीन्युज डट कमलाई बताएका छन् ।

हेरौँ भिडियो:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker