gulminews logo
बिहीबार, २०८१ बैशाख १३

यस्तो देखियो रेसुङ्गामा हिउँ खेल्नेको भीड: पाल्पा र अर्घाखाँचीबाट समेत हिउँ हेर्न र खेल्न गुल्मीमा

गुल्मी, माघ २६ । गुल्मीको धार्मिक एर्व पर्यटकीय स्थल रेसुङ्गा डाँडामा १२ वर्षपछि परेको हिउँ हेर्न र खेल्नेको शनिबार भीड लाग्यो । यसवर्ष रेसुङ्गामा तेस्रो पटक हिउँ परेपछी सदरमुकाम तम्घास, गुल्मीका बिभिन्न स्थानहरु र छिमेकी जिल्लाहरुबाट समेत हिउँ हेर्न र खेल्न शनिबार रेसुङ्गामा भिड लागेको थियो ।

छिमेकी जिल्लाहरु पाल्पा र अर्घाखाँचीबाट रेसुङ्गामा सयौं व्यक्ति हिउँ खेल्न गुल्मी पुगेका थिए । पछील्लो तीन दिनदेखि वर्षा भएसंगै शुक्रबार बेलुकीदेखि रेसुङ्गा क्षेत्रमा हिउँ पर्न सुरु गरेको थियो । हिउँपरेपछि शनिबार बिहानैदेखि रेसुङ्गामा हिउँमा खेल्न स्थानीय पुगेका थिए ।

यो पनि पढ्नुस्:

गुल्मीमा फेरी हिमपात, डाँडाकाँडा सेताम्मे (भिडियो सहित)

आज कस्तो देखियो हिउँले ढाकेको गुल्मी? हेर्नुस् १० तस्बिरहरुमा:

बाटो हिलो भएपनि पैदल हिडेरै यज्ञशाला साथै टावरसम्म पुगेका थिए । १२ वर्ष पहिले रेसुङगामा हिउँ परेको थियो । त्यसबेला अर्घाखाँची र पाल्पाको सिमाना तीनगिरे, पणेणा क्षेत्रमा पनि हिउँ परेको थियो । लामो समयपछिको अन्तरालमा हिउँ परेपछि खेल्न तथा रमाउन साथमा हेर्नका लागि रेसुङ्गा पुग्नेको भीड लागेको हो ।

हिसाबले पनि महत्वपूर्ण रहेको रेसुंगामा रहेका यज्ञशाला, मन्दिरहरुमा समेत हिउँ जमेको छ । बालबालिका, काखमा बच्चा बोकेर साथै ज्येष्ठ नागरिकसमेत रेसुङ्गामा पुगेका थिए । शुक्रबार वर्षासंगै परेको हिउँले सेताम्य भएका गुल्मीको रेसुंगा क्षेत्रसहित भार्से, लिम्घा, मदाने, सत्यवती, ग्वाघा, अर्खाबाङ् मालिका, शालिमे, दिब्रुङदह, थाप्ले लगायतका स्थानमा समेत बाक्लो हिउँ परेको स्थानीयले बताए ।

हिउँले डाँडा सेताम्मे भएका छन् । पानी र हिउँ परेपछि किसानलाई पनि राहत मिलेको छ । समुन्द्र सतहदेखि २ हजार ४ सय मिटर उचाईमा रेसुङ्गा रहेको छ ।

हेरौँ सामाजिक सन्जाल फेसबुकबाट लिईएका बिभिन्न तस्बिरहरु:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D