समाज

मेलान गुल्मीको अध्यक्षमा भण्डारी

तिलाचन पाण्डे
गुल्मी, २५ कात्तिक । मेडिकल ल्याब्रोटरी एसोसीएसन अफ नेपाल (मेलान) गुल्मीको अध्यक्षमा केपी भण्डारी चयन हुनुभएको छ । सदरमुकाम तम्घासमा सम्पन्न पहिलो अधिबेशनले भण्डारीलाई सर्बसम्मत रुपमा तीन बर्षका लागि चयन गरेको हो ।

यसै गरि उपाध्यक्षमा थानिश्वर मरासिनी, सचिबमा नवराज मरासीनि, सहसचिबमा सिता श्रेष्ठ, कोषाध्यक्षमा यम व. ज्ञवाली चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा प्रकाश रिजाल, पशुपति केशी, सिता श्रेष्ठ, महमत अतिउल्लाहा, हिरा पोखरेल र कमला सुबेदी रहनुभएको छ ।

नबनिर्वाचित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्दै आगामी तीन बर्ष भित्रमा आफु संस्थागत बिकासमा लागि पर्ने र यसमा सबैको साथ रहनेमा बिश्वस्त रहेको बताउनुभएको छ । आफु संस्थागत बिकासका लागि हरबखत तयार रहने र ल्याब सम्बन्धि समस्याहरुलाई समाधान गरि ब्यबस्थित र सबै ल्याबहरुलाई दर्ता प्रक्रियामा अबिलम्ब लगिने दाबी गर्नुभयो ।
जिल्लामा एक दर्जनभन्दा माथि ल्याबहरु संचालनमा रहेको स्रोतले जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D