कृषी

मालिका गाउँपालिकामा कृषि औजार बितरण

सन्तोष महतारा
गुल्मी, ०५ बैशाख । गुल्मीको मालिका गाउँपालिकामा कृषि औजार बितरण गरिएको छ । लुम्बिनी प्रदेशको ५० प्रतिशत अनुदान सहयोगमा गाउँपालिका भित्रका आधिकारीक समुहको ५० प्रतिशत सहयोगमा कृषकहरुलाई कृषि औजार बितरण गरिएको गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राज कुमार बिकले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर २ मा शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले कृषकहरुलाई कृषि औजार बितरण गरेका हुन् । मालिका गाउँपालिकाबाट संचालित व्यवसायीक कृषि उत्पादन केन्द्र मकै ब्लक कार्यक्रम वडा नम्बर १,२ र ३ का कृषकहरुलाई कृषि औजार बितरण गरिएको हो ।

कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा १६ थान मिनिटिलर, १७ थान डिजीटल तराजु, २१ थन स्प्रीरियर, कम्बाइन मिल १० थान र मकै छर्ने मेसिन ६ थान बितरण गरिएको औजार खरिद समुहका संयोजक गुञ्ज बहादुर पाण्डेले जानकारी दिए । कार्यक्रममा कुल ३५ लाख ५१ हजार ९ सय २५ लागतमा खरिद गरी कृषि औजार वितरण गरिएको छ । जसबाट १ हजार २ सय घरधुरी लाभान्वित भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D